सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेश र केन्द्रबीच समन्वय आवश्यक छ : मुख्मन्त्री पौडेल


  •    न्युजभित्तो/११ पुष २०७६, शुक्रबार २१:४४ 
  • हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले देशका सबै प्रदेश र केन्द्रबीच अझै धेरै विषयवस्तुका बारेमा समन्वयको आवश्यकता रहेको बताउनुभएको छ । आज प्रदेश नं ३, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री तथा विभिन्न प्रदेशका प्रमुख न्यायाधिवक्ताहरुबीच हेटौँडामा भएको छलफलमा मुख्यमन्त्री पौडेलले प्रदेशको एकल अधिकारको सूचीमा भएका विषयवस्तुमा प्रदेश प्रदेशबीच समन्वयको आवश्यकता रहेको बताउनुभयो । उहाँले प्रदेश र केन्द्रबीच बाझिएका विषयवस्तुको समेत सामूहिक निकास खोजिनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले प्रदेशले भोगिरहेका समस्याको समाधानका लागि प्रदेशका मुख्यमन्त्रीले नै पहलकदमी लिनुपर्ने बताउनुभयो । प्रदेश ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले बेलैमा समस्याको समाधान नगरिए प्रदेश सरकारले जनअपेक्षाअनुसारको परिणाम दिन नसक्ने बताउनुभयो । छलफलमा प्रदेश नं ३ का प्रमुख न्यायाधिवक्ता ओम थपलियाले प्रदेशको एक सूचीमा भएका अधिकार प्रयोग गर्न केन्द्रको कानून कुरेर बसिरहन नपर्ने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    आज २५ अर्बको ऋणपत्र जारी हुँदै
    आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
    • रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
    • विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
    • तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
    • बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.