सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कुलमान घिसिङको उद्घोष : अर्को वर्षदेखि मुलुक बिजुली निर्यात गर्ने देश बन्छ


  •    न्युजभित्तो/११ पुष २०७६, शुक्रबार २१:३८ 
  • काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुक बिजुलीमा आत्मनिर्भर बन्ने चरणमा पुगेको बताउनुभएको छ । उहाँले अर्को वर्षबाट नेपाल विद्युत् निर्यात गर्ने देशका रुपमा परिचित हुने जिकिर गर्नुभयो ।

    आज राजधानीमा नेपाल जनप्रशासन सङ्घले आयोजना गरेको कार्यक्रममा उहाँले कतिपय जलविद्युत् आयोजना सम्पन्न भएका र केही आयोजना सम्पन्न हुने चरणमा रहेको जानकारी गराउनुभयो ।

    मुलुकमा विसं १९६८ सालको फर्पिङ जलविद्युत् आयोजनाबाट बिजुलीको शुरुआत भएको थियो । त्यसको एकसय वर्षसम्म मुलुकको विद्युत् उत्पादन क्षमता एक हजार मेघावाट नपुगेको जानकारी दिँदै उहाँले चालु आर्थिक वर्षभित्रमा त्यसको क्षमता दुई हजार मेघावाट नाघ्ने बताउनुभयो । यसमा निजी क्षेत्रको ठूलो योगदान रहेको भन्दै उहाँले प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाललाई बिजुलीमा आत्मनिर्भर बनाउने चरणमा पुगेका छौँ, लोडसेडिङ अन्त्य मात्रै हाइन, बर्सातको समयमा विद्युत्मा आत्मनिर्भर भइसकेको छ, अर्को वर्षदेखि विद्युत् निर्यात गर्ने देशका रुपमा परिचित हुँदैछौँ ।”

    उहाँले गएको बर्सातमा केही विद्युत् निर्यात गर्न सफल भएको जानकारीसमेत दिनुभयो । हिउँदयाममा केही आयात गर्नुपर्ने भए पनि बर्सातमा भने आयातभन्दा धेरै निर्यात हुने अवस्थामा पुगेको उहाँको भनाइ छ ।

    विद्युत् चुहावट हुनबाट रोक्नु अर्को चुनौती रहेको भन्दै उहाँले त्यसलाई रोक्न निरन्तर लागिरहेको जानकारी दिनुभयो । तीन वर्षअघि २६ प्रतिशत चुहावट रहेकामा अहिले १५ प्रतिशतमा झारेको र त्यसबाट वार्षिक रु सात अर्ब बढी थप आम्दानी गरेको उहाँको भनाइ छ । अहिले प्राधिकरण पूर्वाधार लगानी गर्ने हैसियतमा पुगेको र सरकारले छुट्याएको बजेटबाहेक प्राधिकरण आफैँ १० अर्ब लगानी गर्न सक्ने अवस्थामा पुगेको जिकिर गर्नुभयो । तीन वर्षभित्रमा सबै नेपालीको घरमा विद्युत्को पहुँच पुर्याउने सरकारी अभियान सफल पार्न प्राधिकरण क्रियाशील रहेको उहाँले बताउनुभयो ।

    सो कार्यक्रममा वरिष्ठ नेत्र चिकित्सक डा सन्दुक रुइतले मुलुकको प्रशासन क्षेत्रको मनोबल उच्च बनाउने बेला आएको बताउनुभयो । “प्रशासनिक क्षेत्रको मनोबल तल छ, कृपया मनोबल बढाउन लाग्नुस्, तपाईंहरु अगाडि नबढी देश अगाडि बढ्दैन,” डा रुइतले भन्नुभयो ।

    सो क्रममा उहाँले आफ्नो प्रयासमा सुलभ आई केयर विकास गरेको जानकारी दिँदै अहिले उक्त प्रविधि विकसित मुलुकले प्रयोग गरेको जानकारी दिनुभयो । डा रुइतले नेपालमा उत्पादन भएका डाक्टरहरु संसारका डाक्टरसँग कुम मिलाएर प्रस्तुत हुने अवस्थामा पुगेको जिकिर गर्नुभयो ।

    नेपालमा आँखाको लेन्स उत्पादनको काम शुरु गर्दा बाहिर २०० डलर पर्नेमा यहाँ आविष्कार गरेपछि सस्तो भएकाले मोतियाबिन्दुका बिरामीको शल्यक्रियाका लागि ठूलो सहयोग मिलेको उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
    नारायणी सिँचाइ: जामुनीमा ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण अगाडि बढ्यो
    स्याउका बोट सेताम्मे
    • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    • अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा विदेशस्थित नेपाली नियोगमा विविध कार्यक्रम
    • पेट्रोलियम पदार्थको मूल्यवृद्धि
    • कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.