नारायणगढ–मुग्लिन सडक थप दुईहप्ता दिउँसो ११ देखि ३ बजेसम्स बन्द हुने
न्युजभित्तो/११ पुष २०७६, शुक्रबार २०:५०
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो रोकथामको काम नसकिएपछि सो सडक खण्ड थप दुईहप्ता दिउँसोमा बन्द हुने भएको छ । आयोजनाले आज सूचना जारी गर्दै ढुङ्गा झार्ने र अन्य रोकथामका काम नसकिएकोले थप दुई साता सडक अवरुद्ध हुने जानकारी दिएको छ ।
गत मङ्सिर २७ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरी पहिरो नियन्त्रणको काम हुँदै आइरहेको छ । पुस २२ गतेसम्म दिउँसो सोही समयमा सडकखण्डमा सवारीसाधन रोकिने नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो । दुई साताभित्र पहिरो नियन्त्रणको काम सक्नेगरी काम थालेको भएपनि काम नसकिएपछि समयावधि थप गरिएको खनालले बताउनुभयो । सो अवधिमा अत्यावश्यक सवारीसाधनलाई भने प्रवेश दिइने खनालले बताउनुभयो ।
नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारीसाधन पन्ध्रकिलो र मालवाहक सवारीसाधन दासढुङ्गामा रोकिने छन् । यस्तै मुग्लिनबाट नारायणगढतर्फ आउने यात्रुवाहक सवारीसाधन मुग्लिन र बेनिटार तथा मालवाहक सवारीसाधन लेवाटार र आँबुखैरनीमा रोकिने आयोजनाले जनाएको छ ।