सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्यटनको विकासले छिटो आर्थिक समृद्धि हासिल गर्न सकिन्छ : अध्यक्ष दाहाल


  •    न्युजभित्तो/१० पुष २०७६, बिहीबार २०:२४ 
  • सौराहा (चितवन) । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटन विकासले छिटो आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ ।

    क्षेत्रीय होटल सङ्घ सौराहाद्वारा आयोजित १६ औँ हात्ती महोत्सवको आज सौराहामा शुभारम्भ गर्दै उहाँले पर्यटन क्षेत्रको विकास कहिल्यै सकिँदैन भन्नुभयो । उहाँले भन्नुभयो, “अरु क्षेत्रको विकासको एउटा विन्दु हुन्छ तर पर्यटन क्षेत्रमा सधैँ विकासको खाँचो परिरहन्छ ।”

    अध्यक्ष दाहालले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० ले अन्तरराष्ट्रिय जगत्मा नयाँ सन्देश प्रवाह गरेको बताउनुभयो । उहाँले निकुञ्ज ऐन २०२९ संशोधनको प्रक्रिया अगाडि बढेको जानकारी गराउँदै नयाँ आउने ऐनले मानव, वन्यजन्तु र निकुञ्जको हित गर्ने बताउनुभयो ।

    हात्तीको प्रयोग मानिसमात्र नभई देवताले पनि कसरी गरेका थिए भन्ने कुरा हाम्रा शास्त्रमा धेरै लेखिएको उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “मानवलाई वन्यजन्तुको सहयोग र वन्यजन्तुलाई मानवको सहयोग चाहिन्छ । मानव र वन्यजन्तुबीचको सुमधुर सम्बन्धमा खाडल पैदा गर्नु हुँदैन ।”

    दुलहीझैँ सिँगारियो सौराहा

    महोत्सवलाई लक्ष्यगरी सौराहालाई ध्वजापताकाले दुलहीझैँ सिँगारिएको छ । महोत्सव अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ । महोत्सवअन्तर्गत स्वदेशी तथा विदेशी पर्यटकलाई मनोरञ्जन प्रदान गर्न हात्ती द्रुत हिँडाइ, हात्तीका छावाबीचमा रोमाञ्चकारी फुटबल, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको वनभोज, हात्ती पोलो, हात्ती पेन्टिङ प्रतियोगिता आयोजना हुनेछन् ।

    हात्तीको द्रुत हिँडाइमा ३० हात्ती सहभागी हुनेछन् । यस्तै हात्ती पोलो र हात्तीको छावाको फुटबल प्रतियोगितामा समान चार टोली सहभागी हुने खेल संयोजक अञ्जान पाण्डेले जानकारी दिनुभयो । हात्ती सुन्दरी प्रतियोगितामा पाँच टोली सहभागी हुने बताइएको छ ।


    महोत्सवमा यसपटक राष्ट्रियस्तरको महिला भलिबल खेल समावेश गरिएको छ । बाघमारा मध्यवर्ती सामुदायिक वनमा आयोजना गरिएको महोत्सव यही पुस १८ गतेसम्म सञ्चालन हुनेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    आज २५ अर्बको ऋणपत्र जारी हुँदै
    आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
    • रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
    • विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
    • तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
    • बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.