सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उपत्यकामा सवारी दुर्घटना भयावह भन्दै, पाँच महिनामा ७६ को ज्यान गयो


  •    न्युजभित्तो/१० पुष २०७६, बिहीबार १५:२९ 
  • काठमाडौँ । गत सोमबार बिहानै सुकेधारा बस्ने गोरखाकी २१ वर्षीय सृष्टि पन्तलाई बसले ठक्कर दिँदा मृत्यु भयो । सुकेधाराबाट चाबहिलस्थित पशुपति क्याम्पस पढ्न बिहानै बस कुरेर बसेकी सृष्टिको नयाँ बसपार्क भक्तपुर रुटमा चल्ने बा४ख ५९२० नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा मृत्यु भएको हो ।

    सृष्टिको मृत्यु भएको भोलिपल्टै मङ्गलबार बिहान चन्द्रागिरि नगरपालिका–७ चेकपोष्टमा छोरालाई विद्यालय पुर्याउन हिँडेका अर्जुन केसीको सवारी दुर्घटनामा मृत्यु भयो । नम्बर नखुलेको सवारीले मोटरसाइकलमा रहेका अर्जुनलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भयो भने छोरा गम्भीर घाइते भए ।

    यी केबल प्रतिनिधिमूलक घटनामात्र हुन् । काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाका कारण कैयौँले अकालमा ज्यान गुमाउनुपरेको छ । चालू आर्थिक वर्षको पाँच महिनामा काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाबाट ७६ जनाले ज्यान गुमाएका छन्, जसमा ६० पुरुष र १६ महिला छन् । मृत्यु भएकामध्ये पैदलयात्रु ३२, मोटरसाइकल तथा स्कुटर दुर्घटना ३४, ट्रक तीन, साइकल एक, कार एक र बसबाट पाँच रहेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल अधिकांश दुर्घटना तीव्रगति र चालकको लापर्वाहीका कारण हुने गरेको बताउनुहुन्छ ।

    “पैदलयात्रुले जथाभावीरुपमा बाटो काट्दा पनि सवारी दुर्घटना हुने गरेको छ”, उहाँ भन्नुहुन्छ । बढ्दो सवारी चाप र सडकको जीर्ण स्थितिले वर्षेनी सवारी साधन दुर्घटना र मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको उहाँको भनाइ छ। उपत्यकामा पाँच महिनाको अवधिमा नौ हजार ६९८ सवारी दुर्घटनामा परेका छन् । दुर्घटनामा परेकामध्ये सबैभन्दा धेरै तीन हजार ७६९ मोटरसाइकल र स्कुटर रहेका छन् ।

    यस्तै कार, जीप भ्यान तीन हजार ७४०, बस एक हजार २४१, ट्रक, टिपर ९२२, माइक्रो १५६, टेम्पो ७३ र शारीरिक शक्तिबाट चल्ने ६७ सवारी साधन दुर्घटनामा परेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला उपत्यकाका सडकमा जेब्रा क्रसिङ र आकाशे पुलको प्रयोग नगरी जथाभावीरुपमा बाटो काट्दा धेरै दुर्घटना हुने गरेको बताउनुहुन्छ । “हुस्सु लाग्नु, सडकमा ‘मर्निङ वाक’ गर्नु, पर्याप्तमात्रामा आकाशे पुल र जेब्रा क्रसिङ नहुनुका कारण पनि दुर्घटना बढेको छ”, उहाँ भन्नुहुन्छ ।

    उपत्यकामा भएका खाल्डाखुल्डी पुर्दे ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउन प्रधानमन्त्री कार्यालयका सहसचिवको संयोजकत्वमा समिति बनाएर काम गरिएको छ । उक्त समितिले उपत्यकाका सडकमा भएका खाल्डाखुल्डी पुर्ने, करिडोरको विस्तार गर्ने र ट्राफिक व्यवस्थापनलाई सहज बनाउने काम गर्दछ । बाटो विस्तार र सडकमा भएका खाल्डाखुल्डी पुरेसँगै सवारी दुर्घटनामा कमी हुने लक्ष्य सरकारले लिएको छ ।

    उपत्यकामा आव २०७४/०७५ मा १९४ र आव २०७५/०७६ मा २५४ जनाको सवारी दुर्घटनामा परी ज्यान गएको थियो । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३३ लाख र काठमाडौँ उपत्यकामा मात्र १० लाख हाराहारीमा सवारी साधन सञ्चालन हुँदै आएका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.