सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अन्तरिक्षमा फसेका दुई अन्तरिक्षयात्री मंगलबार पृथ्वीमा फर्कनेः नासा


  •    न्युजभित्तो/३ चैत्र २०८१, सोमबार १५:१९ 
  • वासिङटन, ४ चैत । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा नौ महिनाभन्दा बढी समयदेखि फसेका अमेरिकी अन्तरिक्षयात्री बुच विल्मोर र सुनीता विलियम्सलाई मंगलबार साँझ पृथ्वीमा फर्काइने नासाले जनाएको छ ।

    विल्मोर र विलियम्सलाई आइतबार बिहान अन्तरिक्षमा पुगेका अरू अमेरिकी र एक रुसी अन्तरिक्षयात्रीसँग स्पेसएक्स यानमा पृथ्वीमा फर्काइनेछ । उनीहरू सन् २०२४ को जुनमा बोइङ स्टारलाइनर अन्तरिक्षयानको पहिलो परीक्षण यात्राका क्रममा प्रणोदन ९प्रोपल्सन वा प्रणोदन भनेको कुनै पनि वस्तुको अनुवादात्मक गतिलाई परिमार्जन गर्न धक्का वा तान्ने कुनै पनि संयोजनद्वारा शक्तिको उत्पादन हो।० मा समस्या देखिएपछि पृथ्वीमा फर्कन असमर्थ भएका थिए । र, नौ महिनादेखि अन्तरिक्षमा रहँदै आएका छन् ।

    नासाका निक हेग र रोस्कोस्मोस अन्तरिक्षयात्री अलेक्जेन्डर गोर्बुनोभ पनि ड्रागन क्याप्सुलमा फर्कनेछन् । विल्मोर र विलियम्सका निम्ति यो एक परीक्षाको अन्त्यको प्रतीक हुनेछ ।

    उनीहरूको बसाइ लगभग ६ महिनाको अन्तरिक्षयात्रीका निम्ति मानक आईएसएस रोटेसनभन्दा धेरै लामो भएको छ । तर, यो सन् २०२३ मा नासाका अन्तरिक्षयात्री फ्रान्क रुबियोले बनाएको ३७१ दिनको अमेरिकी अन्तरिक्ष रेकर्ड वा मिर अन्तरिक्ष स्टेसनमा लगातार ४३७ दिन बिताएका रुसी अन्तरिक्षयात्री भ्यालेरी पोल्याकोभको विश्व रेकर्डभन्दा छोटो हो ।

    तैपनि, आफ्नो परिवारबाट लामो समयसम्म टाढा रहनुको अनपेक्षित प्रकृतिले उनीहरूप्रतिको चासो र सहानुभूति बढाएको छ । उनीहरूले यति लामो समयका निम्ति अतिरिक्त लुगाफाटा र व्यक्तिगत हेरचाहका सामान समेत साथमा लगेका थिएनन् । रासस/एएफपी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.