सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सदन र सडकमा जाने बाटो खुला भयो : डा भट्टराई


  •    न्युजभित्तो/९ पुष २०७६, बुधबार २२:१६ 
  • काठमाडौँ । समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै अब पार्टीलाई सदन र सडकमा जाने बाटो खुला भएको बताउनुभएको छ । सरकारबाट मुद्दा स्थापित गर्ने प्रयास असफल भएकाले सशक्त प्रतिपक्षको रुपमा उभिएर अब सडक र सदनबाट जनताको अधिकार स्थापित गराउन सक्रिय हुने उहाँले बताउनुभयो ।

    अहिलेको सरकारले समाजवादी पार्टीलाई सडकमा जान बाध्य पारेको दाबी गर्दै उहाँले पार्टीले सकारात्मक र सक्रिय प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले संविधान संशोधनको विकल्प नरहेको समेत उल्लेख गर्नुभयो ।

    सरकारलाई समर्थन फिर्ता गरेपछि आज सिंहदरबारमा पार्टीको आगामी योजनाबारे पत्रकारलाई जानकारी गराउँदै अध्यक्ष डा भट्टराईले माओवादी पार्टीमा रहँदादेखि नै अपूर्ण संविधानलाई पूर्णता दिनुपर्छ भनेर आफूले बोलेको स्मरण गर्दै पहिचानमा आधारित सङ्घीयता आवश्यक हुनेमा जोड दिनुभयो ।

    डा भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक प्रणाली आजको आवश्यकता हो भन्नुभयो । पत्रकारले सोधेको एक जिज्ञासामा उहाँले राजनीतिक अस्थिरताको अगुवाइ गर्ने डा बाबुराम भट्टराई हो भनेर कसैले भन्यो भने त्यसमा आफूलाई गर्व लाग्ने बताउनुभयो । “क्रान्ति भनेको अस्थिर ढङ्गले नै हुने हो, क्रान्तिपछि बल्ल स्थिरता आउँछ”, उहाँले थप्नुभयो ।

    सभामुखको विषयमा सोधिएको एक प्रश्नमा डा भट्टराईले प्रतिपक्ष भएपछि विचार मिल्ने र मुद्दा मिल्ने शक्तिसँग मुद्दाको आधारमा सहकार्य गर्नु स्वभाविक भएको तर सभामुखमा पार्टीको तर्फबाट कुनैपनि आकाङ्क्षा नरहेको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.