सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पुराना कम्युनिष्ट नेता डिबी सिंहको निधन


  •    /१६ बैशाख २०७६, सोमबार १४:१६ 
  • चितवन
    पुराना कम्युनिष्ट नेता दुर्गा बहादुर केसी (डिबी सिंह) को शनिवार चितवनको भरतपुरमा निधन भएको छ । २००३ सालमा प्यूठानको लुङमा जन्मनुभएका सिंहको ७३ वर्षको उमेरमा शनिबार साँझ ६ बजे उपचारका क्रममा भरतपुरको पुरानो मेडिकल कलेजमा निधन भएको हो ।
    पूर्वी नवलपरासीको गैंडाकोटमा बस्दै आउनुभएका सिंह मुटु र दम रोगले ग्रसित हुनुहुन्थ्यो । स्वर्गीय सिंहको आज नारायणी नदीमा अन्तिम दाहसंस्कार गरिएको छ । उहाँका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ ।

    वि.सं. २०१३ सालमा कम्युनिष्ट आन्दोलनमा प्रवेश गर्नुभएका सिंहले २०१९ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएको थियो । स्वर्गीय नेता सिंह २०१५ सालमा मोहन विक्रम सिंह उम्मेदवार हुँद उहाँलाई सहयोग गर्न कम्युनिष्ट पार्टीमा लाग्नु भएको थियो । उहाँ २०३२ सालमा सर्वाहारावादी क्रान्तिकारी कम्युनिष्ट संगठनमा आवद्ध हुनुभयो । २०३८ सालमा उहाँले केशव बडाललगायतका नेतालाई लिएर मजदुर किसान संगठनको नेतृत्व गर्नुभयो ।

    मजदुर किसान संगठन तत्कालिन नेकपा मालेमा एकीकरण भएपछि सिंह केन्द्रिय सदस्य बन्नुभएको थियो । नेपालमा ‘ट्राटस्कीपन्थी’का रूपमा चिनिएर पछि आरके सर्राफद्वारा प्रभावित उहाँ २०३९ सालमा कुन्दनको नामले नेकपा(माले) को केन्द्रीय सदस्य र छोटो समय लुम्बिनी क्षेत्रको ईन्चार्जसमेत हुनुभएको थियो ।

    उहाँ फरक विचार राखेर २०४५/४६ सालपछि तत्कालिन मालेबाट अलग हुनुभयो । राजनीतिसँगै उहाँ पछिल्लो समय पर्यावरण संरक्षणको अभियानमा क्रियाशिल हुुनुहुन्थ्यो । नेता केसीको निधनले नेपालको कम्युनिष्ट आन्दोलनमा जुझारु, लगनशील र क्रियाशील नेता गुमाउनु परेको नेकपाका केन्द्रिय सदस्य देवी ज्ञवालीले बताउनुभयो । उहाँको उर्वर समय र जीवन नेपालको राजनीतिमा समर्पित भएको ज्ञवालीले जानकारी दिनुभयो ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु काशिनाथ अधिकारी, देवी ज्ञवालीलगायतले स्वर्गीय सिंहलाई अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.