सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पोल्ट्रीजन्य वस्तु अवैध रुपमा भित्रिन नदिन प्रजिअ र प्रहरी प्रमुखसँग भेट


  •    न्युजभित्तो/१९ फाल्गुन २०८१, सोमबार १७:२८ 
  • बारा, १९ फागुन । भारतीय सीमाकाबाट अवैध रुपमा पोल्ट्रीजन्य वस्तु भित्रिन नदिन पोल्ट्री व्यवसायीले बाराका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँग भेट गरेका छन् । भारतीय सीमा नाकाबाट अबैध रूपमा अण्डा, कुखुरा , तयारी मासु, चल्ला भित्रिएपछि नेपाल लेयर्स कुखुरापालक सघले बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी र प्रहरी उपरीक्षक सन्तोष तमाङलाई गरेको हो ।

    भेटका क्रममा अवैध सामग्री नियन्त्रणका लागि आवश्यक सहयोग गरिदिन अनुरोध गरिएको छ । प्रमुख जिल्ला अधिकारी अधिकारी र प्रहरी उपरीक्षक तामाङले आजैदेखि सुरक्षा निकायलाइ कडा निर्देशन दिने बिषयमा आश्वास्त पार्नु भएको छ ।

    भेटघाट कार्यक्रममा नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष बिनोद पोखरेल, नेपाल भेटेरिनरी एशोसियशन केन्द्रीय समितिका निवर्तमान अध्यक्ष डा सितलकाजी श्रेष्ठ, सघका महासचिव भेषराज अर्याल र सदस्य अमोद खनाल सहभागी हुनुहुन्थ्यो ।

    व्यवसायीहरुले गृहमन्त्री रमेश लेखकलाई पनि यस अघि नै भेट गरी अवैध रुपमा पोल्ट्रीजन्य सामग्री भित्रिन नदिने आग्रह गरेका थिए भने विभिन्न जिल्लामा पुगेर प्रशासन र सुरक्षा निकायका प्रमुखहरुसँग पनि यस विषयमा छलफल गरिरहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्न समिति गठन
    कसैले मन्त्री नचिने पनि व्यवसाय गर्न सकोस्, त्यस्तो नीति बन्नुपर्छ: पुन
    प्रधानमन्त्री ओलीसँग रुसी प्रमण्डलको शिष्टाचार भेट
    • खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान
    • सबै अमेरिकी वस्तुको भन्सार शुल्क शून्यमा झार्ने भारतको प्रस्तावः ट्रम्प
    • रवि लामिछानेमाथि राज्यले किर्ते जाहेरी खडा गरेर फौजदारी मुद्दा तयार पार्‍योः सोविता गौतम
    • राजस्व परामर्श समितिद्वारा अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.