सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पोल्ट्रीजन्य वस्तु अवैध रुपमा भित्रिन नदिन प्रजिअ र प्रहरी प्रमुखसँग भेट


  •    न्युजभित्तो/१९ फाल्गुन २०८१, सोमबार १७:२८ 
  • बारा, १९ फागुन । भारतीय सीमाकाबाट अवैध रुपमा पोल्ट्रीजन्य वस्तु भित्रिन नदिन पोल्ट्री व्यवसायीले बाराका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँग भेट गरेका छन् । भारतीय सीमा नाकाबाट अबैध रूपमा अण्डा, कुखुरा , तयारी मासु, चल्ला भित्रिएपछि नेपाल लेयर्स कुखुरापालक सघले बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी र प्रहरी उपरीक्षक सन्तोष तमाङलाई गरेको हो ।

    भेटका क्रममा अवैध सामग्री नियन्त्रणका लागि आवश्यक सहयोग गरिदिन अनुरोध गरिएको छ । प्रमुख जिल्ला अधिकारी अधिकारी र प्रहरी उपरीक्षक तामाङले आजैदेखि सुरक्षा निकायलाइ कडा निर्देशन दिने बिषयमा आश्वास्त पार्नु भएको छ ।

    भेटघाट कार्यक्रममा नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष बिनोद पोखरेल, नेपाल भेटेरिनरी एशोसियशन केन्द्रीय समितिका निवर्तमान अध्यक्ष डा सितलकाजी श्रेष्ठ, सघका महासचिव भेषराज अर्याल र सदस्य अमोद खनाल सहभागी हुनुहुन्थ्यो ।

    व्यवसायीहरुले गृहमन्त्री रमेश लेखकलाई पनि यस अघि नै भेट गरी अवैध रुपमा पोल्ट्रीजन्य सामग्री भित्रिन नदिने आग्रह गरेका थिए भने विभिन्न जिल्लामा पुगेर प्रशासन र सुरक्षा निकायका प्रमुखहरुसँग पनि यस विषयमा छलफल गरिरहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बिदाको समय सदुपयोग गर्दै बालबालिकालाई सारङ्गी सिकाइँदै
    सुडी समाजद्वारा सांसदलाई सम्मान
    राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
    • ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’
    • पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
    • बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
    • अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.