सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेश नं ३ मा दुग्ध विकास बोर्डको स्थापना


  •    न्युजभित्तो/८ पुष २०७६, मंगलवार २०:५८ 
  • हेटौँडा । प्रदेश नं ३ मा दुग्ध विकास बोर्डको स्थापना भएको छ । आज एक समारोहका बीच मुख्यमन्त्री डोरमणि पौडेलले बोर्डको कार्यालय उद्घाटन गर्नुभयो । प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री अध्यक्ष रहने बोर्डमा उपाध्यक्ष तथा सदस्यहरुको चयन भने केही दिनपछि गरिने जनाइएको छ । निजी, सहकारी तथा सरकारी क्षेत्रको सहभागितामा दुग्ध उत्पादन तथा दुग्धजन्य पदार्थको प्रशोधन एवं बजारीकरणमार्फत दिगो आर्थिक समृद्धि हासिल गर्नका लागि प्रदेश दुग्ध विकास बोर्ड स्थापना गरिएको जनाइएको छ ।

    प्रदेशस्तरमा दुग्ध व्यवसायसम्बन्धी नीति निर्माण, योजना तर्जुमा, कार्यान्वयन तथा दुग्ध क्षेत्रको विकास गर्न प्रदेश दुग्ध विकास बोर्डको आवश्यकता रहेको बोर्डका निर्देशक डा नारायण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हाल देशको दुग्ध पदार्थको कूल उत्पादनमा प्रदेश नं ३ को करिब २६ प्रतिशत योगदान रहेको छ । हालको बजारको मागअनुसार प्रदेशलाई करिब ४ प्रतिशत उत्पादन बढाउनुपर्ने देखिन्छ । निर्देशक श्रेष्ठका अनुसार आगामी तीन वर्षभित्र प्रदेशलाई दूधमा पूर्णरुपमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको छ ।

    मुख्यमन्त्री डोरमणि पौडेलले थोरै मात्र पहल गर्ने हो भने दूध र दुग्ध पदार्थमा प्रदेश आत्मनिर्भर हुने बताउनुभयो । बोर्डको कार्यालय उद्घाटन गर्नुहुँदै पौडेलले सरकार गठनलगत्तै सरकारले बोर्डको आवश्यकता महसुस गरेर १४ महिना अगाडि नै कार्यविधि बनाइएको बताउनुभयो ।

    उहाँले बोर्ड स्थापना गर्नुको वास्तविक मर्मलाई बुझेर काम गर्नुपर्नेमा जोड दिनुभयो । “हामी अलमल गर्ने वा परिणामविहीन काम गर्ने पक्षमा छैनौँ, यो बोर्डको औचित्यअनुसार काम नभएको पाए घिसीपिटी ढङ्गमा लगिरहने पक्षमा हामी छैनौँ”, उहाँले भन्नुभयो । उद्देश्यअनुसार नभए केका लागि काम गर्ने भन्ने प्रश्नको जवाफ खोज्न ढिलाइ गर्ननहुने उहाँको भनाइ थियो ।

    कार्यक्रममा बोल्दै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री तथा बोर्डका अध्यक्ष दावा दोर्जे लामाले बोर्डले तीव्रगतिमा काम गर्ने बताउनुभयो । हाल निर्देशक चयन गरिसकेको र केही दिनभित्र सबै समूह तयार पार्ने उहाँले बताउनुभयो । बोर्डका कर्मचारीहरुले जागिर खानेभन्दा पनि कामगर्ने मानसिकताले अघि बढ्नुपर्ने उहाँको भनाइ थियो । उहाँले किसानहरुलाई उन्नत जातका गाई तथा भैँसीको कृत्रिम गर्भाधान गराउन आवश्यक बीजहरु सहज तरिकाले उपलब्ध गराउन प्रदेश सरकारले बोलपत्र आह्वान गरिसकेको पनि जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    आज २५ अर्बको ऋणपत्र जारी हुँदै
    आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
    • रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
    • विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
    • तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
    • बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.