सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माग बढेपछि बढ्न थाल्यो अण्डाको मूल्य


  •    न्युजभित्तो/१८ फाल्गुन २०८१, आईतवार १०:२९ 
  • चितवन, १८ फागुन । कुम्भ मेला लगायतका धार्मिक मेला महोत्सव सकिंदै गएपछि अण्डाको माग बढ्न थालेको छ । माग बढेसँगै मूल्य पनि क्रमशः बृद्धि हुँदै गएको हो ।

    नेपाल अण्डा उत्पादक संघले देशका विभिन्न भागमा स्थानीय कृषकहरुसँग छलफल गरी मागको आधारमा अण्डाको समर्थन मूल्य तोक्ने गरेको छ । शुक्रबार इटहरीमा सम्पन्न भेलाले शनिबारबाट लागू हुने गरी अण्डाको मूल्य बृद्धि गरेको छ । संघका अध्यक्ष विनोद पोखरेलका अनुसार एक्सएल अण्डा प्रतिपेटी रु.३ हजार ८० कायम गरिएको छ । यस अघि २ हजार ९७५ रहेको थियो ।

    यसैगरी ठूलो अण्डा प्रतिपेटी रु.२ हजार ८७० बाट २ हजार ९७५ र मझौला २ हजार ७३० बाट २ हजार ८३५ कायम गरिएको छ । पोखरेलका अनुसार चितवनबाट लोड भई देशैभरका बिक्री डिपोमा पु¥याउँदा भाडा, कार्टुन र क्रेट गरी प्रतिपेटी रु.१४० थप लाग्नेछ । एक क्रेट अण्डामा ३० वटा हुन्छ भने पेटीमा सात क्रेट हुन्छ ।

    पछिल्लो समय ओरालो लागेको अण्डाको मूल्य क्रमशः बढ्न थालेको छ । प्रतिक्रेट रु.५१५ बाट ओरालो लागेर रु.३५० मा झरेको थियो । सीमा क्षेत्रमा भारतीय अण्डा निर्वाध रुपमा प्रवेश गरेपछि किसानहरुले देशका विभिन्न भूभागमा पुगेर त्यहाँका सशस्त्र सहित सुरक्षा निकाय र प्रशासनसँग छलफल गरी भारतीय अण्डा रोक्न पहल गर्दै आएका छन् । यससँगै नेपालमा अण्डाको माग बढ्न थालेको छ ।

    भारतको कुम्भ मेलाका कारण त्यहाँ नबिकेको अण्डा नेपाल अवैध रुपमा भित्रिंदा यहाँको बजार प्रभावित भएको थियो । पोखरेलका अनुसार गृहमन्त्री रमेश लेखकलाई भेट गरेर अभियान थालेको किसान एवं व्यवसायीहरुले पूर्व पश्चिमका विभिन्न सीमा क्षेत्रमा पुगेर ध्यानाकर्षण गराउने क्रममा आज पर्साका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुसँग भेट गरी छलफल गर्ने कार्यक्रम रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.