सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सूचना प्रविधि विधेयकमा अझै सहमति जुटेन, सहमतिमै पारित गर्न प्रतिपक्षिको माग


  •    न्युजभित्तो/८ पुष २०७६, मंगलवार २०:१८ 
  • काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिमा सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका बारेमा सहमति जुट्न सकेको छैन । सहमति नभएका कारण चार महीनादेखि समितिमा विधेयक अड्किएको छ ।

    समितिको आजको बैठकबाट विधेयक पारित गर्ने कार्यसूची भए पनि सहमतिका लागि पुनः आइबारसम्म यो विषयलाई थाँती राखिएको छ । बैठकमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले उपसमितिले ३६ बुँदामा गरेको संशोधनसहित विधेयक पारित हुुनुपर्ने बताउनुभएको थियो ।

    प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदले बहुमतका आधारमा विधेयक पारित गरी पठाए प्रतिनिधिसभाको बैठकमा समस्या आउनसक्ने भन्दै सहमतिका आधारमा पारित गरिनुपर्ने माग गर्नुभएको थियो ।

    बैठकमा समिति सभापति कल्याणीकुमारी खड्काले सहमतिका लागि आमन्त्रण गर्नुभएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता तथा सांसद झलनाथ खनाल, विधेयकमा उपसमितिको प्रतिवेदनमा ‘नोट अफ डिसेन्ट’ राख्नुभएका सांसद बहादुरसिंह लामा, सांसद जीपछिरिङ लामा, रामबहादुर विष्ट, बिनाकुमारी श्रेष्ठलगायत उपस्थित रहनु भएको थियो ।

    आगामी शुक्रबार संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, सचेतकलगायत नेतासँग छलफल गरी सहमति जुटाउने प्रयास गरिने निष्कर्ष निकालिएको सांसद बहादुरसिंह लामाले सञ्चारकर्मीलाई बताउनुभयो । आइतबार बस्ने समितिको बैठकबाट सर्वसम्मतरूपमा विधेयक पारितका लागि प्रयास गरिने सभापति खड्काले बताउनुभयो । सहमतिकै लागि आइतबारसम्मको समय दिइएको उहाँले सुनाउनुभयो ।

    बैठकमा सांसद गणेशकुमार पहाडी र यज्ञराज सुनुवारले विधेयकका ३६ बुँदामा संशोधन गरेर पूर्ण बनाउने काम भएको उल्लेख गर्नुहुँदै चार महिनादेखि विधेयक अड्किएर कानून नबन्दा नागरिकले न्याय नपाएको बताउनुभयो । आवश्यकता र मागका आधारमा विधेयकको मस्यौदा भई आएकाले यसलाई रोक्न नहुने उहाँहरुको मत थियो ।

    सांसदहरु जीपछिरिङ लामा, बहादुरसिंह लामा, रामबहादुर विष्ट, रङ्गमती शाहीले विधेयकको दफा ८८ देखि ९४ सम्म उल्लेख गरिएका सामाजिक सञ्जालसम्बन्धी बुँदाले लोकतान्त्रिक मूल्य मान्यता, नागरिकको स्वतन्त्रतामाथि प्रहार गर्ने भएकाले हटाउनुपर्ने अडान राख्नुभएको थियो ।

    सांसद महेन्द्रराय यादवले विधेयकका विषयमा उच्च राजनीतिकस्तरमा छलफल गरेर सहमतिमा पुग्नुपर्ने बताउनुभयो । विवादसहित प्रतिनिधिसभामा जाँदा समस्या हुने भएकाले बेलैमा विचार गर्न उहाँले ध्यानाकर्षण गराउनुभएको थियो ।

    समिति सचिवालयले भने आइतबारसम्म सहमति नभए प्रक्रियाबाट नै भए पनि विधेयक पारित भई अघि बढ्ने जनाएको छ । सहमतिका लागि समितिले चार महिनादेखि प्रयास गर्दै आएको सचिव वंशीराज पौडेलको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.