सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन राइनोज पोखरा प्रिमियर लिग (पिपिएल)को फाइनलमा


  •    न्युजभित्तो/८ पुष २०७६, मंगलवार १८:५८ 
  • पोखरा । चितवन राइनोज कास्कीको पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल)को फाइनलमा प्रवेश गरेको छ । लिग चरणको आज भएको आफ्नो अन्तिम खेलमा काठमाडौँ गोल्डेन्सलाई पराजित गर्दै चितवन फाइनलमा प्रवेश गरेको हो । चितवन लिग चरणका पाँचवटै खेल जित्दै अङ्क तालिकाको शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो ।

    राष्ट्रिय टीमका पूर्व कप्तान पारस खड्काले कप्तानी गरेको चितवनले पोखरा रङ्गशालामा भएको खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौँलाई ६० रनले पराजित गरेको हो । टस जितेर काठमाडौँले फिल्डिङ राजेपछि चितवनले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १६७ रन बनायो । १६८ रनको विजयी लक्ष्य पछ्याउने क्रममा काठमाडौँले २० ओभरमा नौ विकेट गुमाएर १०७ रन मात्र बनायो । चितवनका लागि बाबर हयातले ७०, रोहन मुस्तफाले अविजित ५९ तथा आरिफ शेख र सन्नी पटेलले १५/१५ रन बनाए । बलिङतर्फ काठमाडौँका सुशन भारी, वसन्त रेग्मी र अमरसिंह रौतेलाले एक/एक विकेट लिए ।

    काठमाडौँका कप्तान ज्ञानेन्द्र मल्लले ४०, पवन सर्राफले २७ तथा पृथु बाँस्कोटाले १८ रन बनाए । बलिङतर्फ चितवनका सन्नी पटेलले तीन, रोहन मुस्तफाले दुई तथा करन केसी, भुवन कार्की, पारस खड्का र रामनरेश गिरीले एक/एक विकेट लिए । हारसँगै काठमाडौँ प्रतियोगिताबाट बाहिरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.