सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पश्चिम चितवनका ६ विद्यालयलाई राष्ट्रपति रनिङ शिल्ड खेल्न बेस्ट डेस्टिनेशनद्वारा जर्सी सहयोग


  •    न्युजभित्तो/२९ माघ २०८१, मंगलवार १२:५८ 
  • चितवन, २८ माघ । बेस्ट डेस्टिनेशन एजुकेशनले पश्चिम चितवनका ६ वटा सामुदायिक विद्यालयलाई जर्सी वितरण गरेको छ । भरतपुर महानगरपालिका भित्र हुन लागेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि बेस्ट डेस्टिनेशनले खेलाडीहरुलाई जर्सी प्रदान गरेको हो ।

    सरस्वती मावि, साझापुर मावि, आदर्श मावि, भीमनगर मावि, जनज्योती पदम मावि र शारदा माविका विद्यार्थी खेलाडीहरुलाई जर्सी सहयोग गरिएको हो । चनौली पार्टी प्यालेसमा एक कार्यक्रमका बीच खेलाडी र विद्यालयका शिक्षक प्रतिनिधिलाई जर्सी हस्तान्तरण गरिएको छ ।

    जर्सी हस्तान्तरण कार्यक्रमा बोल्दै भरतपुर महानगरपालिका वडा नम्बर १८ का खेलकुद विकास संयोजक कविराज तामाङले विद्यार्थीहरुलाई जर्सी वितरण गरेर बेस्ट डेस्टिनेशनले उदाहरणीय काम गरेको भन्दै धन्यवाद दिए ।

    बेस्ट डेस्टिनेशनका प्रबन्ध निर्देशक संजय कुँवरले विद्यार्थीलाई शिक्षा सँगसँगै खेलकुदमा पनि अग्रसर बनाउनुपर्छ भनेर खेलकुदका सामग्री सहयोग गर्ने गरिएको बताए । देशमा खेलाडी उत्पादन गर्न विद्यालय तहबाटै खेलकुदलाई प्रोत्साहन गरिनुपर्ने उनको धारणा छ ।

    सामाजिक उत्तरदायित्व बहन गर्दै बेस्ट डेस्टिनेशनले समाजमा विभिन्न योगदान पुर्याउँदै आएको बताउँदै उनले खेलाडीलाई हौसला प्रदान गर्न यसपटक जर्सी वितरण गरिएको जनाए ।

    उनका अनुसार पश्चिम चितवनको चनौलीमा मुख्य कार्यालय रहेको बेस्ट डेस्टिनेशन एजुकशेनलले उच्च शिक्षा अध्ययनका लागि जापान, अस्ट्रेलिया, क्यानडा, साउथ कोरिया, युके, युएई जान चाहने विद्यार्थीहरुलाई उचित परामर्श दिँदै आएको छ । जापानीज भाषा, आईईएलटिएस, पिटिई कक्षाहरु सञ्चालन गर्नुका साथै प्रोशेसिङ्गमा विद्यार्थीलाई सहयोग गर्ने कामहरु बेस्ट डेस्टिनेशनले गरिरहेको प्रबन्ध निर्देशक कुँवर बताउँछन् ।

    बेस्ट डेस्टिनेशनले शैक्षिक परामर्श दिनुका साथै एसईई पछाडिका विभिन्न ब्रिज कोर्स, विभिन्न तहका कम्प्युटर कक्षाहरु, विभिन्न विधाका तालिमहरु चनौलीबाटै प्रदान गर्दै आइरहेको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.