सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपा र काङ्ग्रेसलाई पत्रकार महासङ्घको ध्यानाकर्षणपत्र


  •    /१५ बैशाख २०७६, आईतवार १४:१६ 
  • काठमाडौँ :

     

    नेपाल पत्रकार महासङ्घले प्रेस स्वतन्त्रता कायम गर्नुपर्ने माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेसलाई ध्यानाकर्षण पत्र बुझाएको छ । महासङ्घका पदाधिकारीले आज बिहान (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई भेट गरी ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

     

    महासङ्घले ध्यानाकर्षण पत्रमा राष्ट्रिय आमसञ्चार नीति–२०७३ लाई आवश्यक परिमार्जनसहित दृढतापूर्वक कार्यान्वयन गर्नुपर्ने, मुलुकी देवानी तथा फौजदारी संहिताका प्रेस स्वतन्त्रताविरोधी प्रावधान सच्याउनुपर्ने र नेपाली सञ्चार माध्यमलाई सञ्चार सेवा उद्योगको मान्यता र सुविधा दिनुपर्नेमा जोड दिएको छ ।

     

    सोही अवसरमा अध्यक्ष प्रचण्डले संविधानसभा, गणतन्त्र, सङ्घीयता, समानुपातिक, समावेशी, शान्ति र सुशासनलागयतका मुद्दामा पत्रकार महासङ्घ र आम प्रेस जगत्ले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । अध्यक्ष प्रचण्डले प्रेससम्बन्धी संविधानमा उल्लेख भएका विषय पत्रकार र प्रेस अनुकूल नै भएको बताउँदै महासङ्घले उठाएका सवाललाई पार्टीभित्र छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

     

    महासङ्घले राखेको ध्यानाकर्षण पत्रले सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को धारणालाई सहयोग पुग्ने उहाँको भनाइ थियो । यसैगरी सभापति देउवाले प्रेस स्वतन्त्रताका लागि नेपाली काङ्ग्रेस विगत लामो समयदेखि लड्दै आएको स्मरण गर्दै आगामी दिनमा समेत महासङ्घसँगै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    तनहुँका स्थानीय तहद्वारा सात अर्ब ७८ करोडको बजेट प्रस्तुत
    रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त
    हरेक व्यवसाय मानव अधिकारमैत्री हुनुपर्छः न्यायाधीश फुयाँल
    • महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम
    • रास्वपा महाधिवेशन: मतदानको तयारी हुँदै
    • बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
    • तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.