चितवन । भ्रमण वर्षको पुर्वसन्ध्यामा चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने विदेशी पर्यटकको संख्यामा कमी आएको छ । सरकार र निजी क्षेत्रले पर्यटकको संख्या बढाउन निकै खर्च गरे पनि यहाँ भने संख्या घटेको हो ।
निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गोपाल घिमिरेका अनुसार गत आर्थिक वर्षको पहिलो चौमासिकको तुलनामा यस वर्ष विदेशी पर्यटकको संख्या घटेको छ । गतवर्षको साउनदेखि कात्तिकसम्म ३९ हजार ४३६ जना विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेकोमा यस वर्ष यो संख्या घटेर ३८ हजार ३३० मा झरेको छ । यसरी हेर्दा गतवर्षको चार महिनाको तुलनामा यस वर्षको चार महिनामा १ हजार १०७ जना विदेशी पर्यटक घटेको देखिन्छ ।
तर नेपाली र सार्क मुलुकका पर्यटक भने यो अवधिमा बढेको तथ्यांकले देखाएका छ । समग्र पर्यटकको संख्या हेर्ने हो भने यस अवधिमा २६.८५ प्रतिशतले बढेको घिमिरेले बताउनुभयो । तथ्यांक अनुसार गत वर्षको साउनदेखि कात्तिकसम्म ५४ हजार ६२३ पर्यटकले निकुञ्ज घुमेका थिए । यस वर्ष यो संख्या १४ हजार ६६९ ले बढेर ६९ हजार २९२ पुगेको छ ।
बृद्धि भएको पर्यटकमध्ये नेपालीको संख्या बढी छ । गत वर्षको यस अवधिमा नेपाली ९ हजार ८५५, सार्क मुलुकका ५ हजार ३३१ र विदेशी ३९ हजार ४३७ जना रहेका थिए । यस वर्ष नेपालीको संख्या २४ हजार ४३५, सार्क मुलुकका ६ हजार ५२७ र विदेशी ३८ हजार ३३० रहेका छन् । जसमध्ये नेपालीको संख्या गत वर्षभन्दा १४ हजार ५८० ले बृद्धि भएको छ ।
विदेशीको संख्या १ हजार १०७ घटेको छ भने सार्क मुलुकका पर्यटक १ हजार १९६ ले बढेको छ । समग्र तथ्यांकलाई केलाउँदा नेपालीको संख्या बढे पनि विदेशी पर्यटक भने बढ्न सकेको छैन । गत आर्थिक वर्ष भरिमा १ लाख ७८ हजार १०९ पर्यटकले निकुञ्ज घुमेका थिए ।
यस अघि भूकम्प र नाकाबन्दीपछि पर्यटकको संख्या निकै गिरावट आएको थियो । आर्थिक वर्ष २०७१/०७२ मा १ लाख ७८ हजार २५७ जना पर्यटकले निकुञ्ज घुमेका थिए । यो निकुञ्जको इतिहासमा उच्च संख्या हो । २०७२ सालको भूकम्पका कारण आव २०७२/०७३ मा ८७ हजार ३२१ पर्यटकले मात्रै निकुञ्ज भ्रमण गरेका थिए । त्यसपछिका वर्षहरुमा भने क्रमशः बृद्धि हुँदै आएको छ । आ.व. २०७३/७४ मा १ लाख ३९ हजार १२५, आ.व. ०७४/०७४ मा १ लाख ५२ हजार ६७१ र ०७५/०७६ मा १ लाख ७८ हजार १०९ पर्यटकले निकुञ्ज घुमेका थिए ।
चितवनमा मुख्य रुपमा निकुञ्जभित्र रहेका दुर्लभ वन्यजन्तु बाघ, गैंडा जस्ता जनावर हेर्न, राप्ती नदीमा डुंगा सयर र थारु संस्कृति हेर्न पर्यटक आउने गर्दछन् ।
पर्यटकहरु हात्ती, जीप, पैदल, डुंगाबाट निकुञ्ज र मध्यवर्ती क्षेत्रमा घुम्ने गर्दछन् । यसरी घुम्न पर्यटकले टिकट काट्नु पर्दछ । उक्त टिकटलाई आधार मानेर पर्यटकको संख्या निकाल्ने गरिन्छ । जिल्लाका पर्यटकीय ठाउँमा आएर पनि निकुञ्ज नजाने पर्यटकको संख्या पनि ठूलो रहने गरेको छ । तर त्यसको कुनै पनि निकायले तथ्यांक लिने गरेको पाईदैन । जिल्लाको सौराहा, मेघौली, पटिहानी, माडी, देवघाट, सिराईचुली लगायतका स्थानमा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् ।
तिलकराम रिमाल
चितवन । भ्रमण वर्षको पुर्वसन्ध्यामा चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने विदेशी पर्यटकको संख्यामा कमी आएको छ । सरकार र निजी क्षेत्रले पर्यटकको संख्या बढाउन निकै खर्च गरे पनि यहाँ भने संख्या घटेको हो ।
निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गोपाल घिमिरेका अनुसार गत आर्थिक वर्षको पहिलो चौमासिकको तुलनामा यस वर्ष विदेशी पर्यटकको संख्या घटेको छ । गतवर्षको साउनदेखि कात्तिकसम्म ३९ हजार ४३६ जना विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेकोमा यस वर्ष यो संख्या घटेर ३८ हजार ३३० मा झरेको छ । यसरी हेर्दा गतवर्षको चार महिनाको तुलनामा यस वर्षको चार महिनामा १ हजार १०७ जना विदेशी पर्यटक घटेको देखिन्छ ।
तर नेपाली र सार्क मुलुकका पर्यटक भने यो अवधिमा बढेको तथ्यांकले देखाएका छ । समग्र पर्यटकको संख्या हेर्ने हो भने यस अवधिमा २६.८५ प्रतिशतले बढेको घिमिरेले बताउनुभयो ।
तथ्यांक अनुसार गत वर्षको साउनदेखि कात्तिकसम्म ५४ हजार ६२३ पर्यटकले निकुञ्ज घुमेका थिए । यस वर्ष यो संख्या १४ हजार ६६९ ले बढेर ६९ हजार २९२ पुगेको छ ।