काठमाडौं, १३ माघ । साताको पहिलो दिन नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) अघिल्लो कारोबार दिन (शुक्रबार) को तुलनामा सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँ घटेको हो।
योसँगै नेपाली बजारमा आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो।