चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियतालाई चुनावी मुद्दा नबनाउन आग्रह गर्नुभएको छ । नेकपाको भरतपुर महानगरपालिका वडा नम्वर १६ निर्वाचन परिचालन समितिले सोमबार विजयनगरमा आयोजना गरेको चुनाबी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले केही दिन अघि कांग्रेस सभापति शेरबहादुर देउवाले बोलेको कुरालाई प्रतिवाद गर्नुभयो ।
नेपाली भूमि एक एन्च पनि कसैलाई नछाड्ने बताउँदै उहाँले भन्नुभयो “देउवाजी जस्ता साथीहरु झुटा कुरा नगरौं, भौगोलिक अखण्डता, राष्ट्रिय अखण्डता र एकता जस्ता कुरा चुनावी मुद्दा होइनन् ।” कांग्रेस सभापति देउवाले सीमा विवादका बिषयमा भद्दा र असान्दर्भिक टिप्पणी गरेको बताउँदै उहाँले भन्नुभयो “अबको युग भ्रम छरेर झुट्टा र आधारहीन हल्ला चलाएर शक्ती आर्जन गर्ने दिन गयो । सत्य तथ्य समाज रूपान्तरण सुशासन समृद्धी र विकासका एजेन्डाहरू कार्यान्वयन गरेर मात्र शक्ती हाँसील गर्नुपर्ने हुन्छ ।”
कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएकोमा कुनै द्विविधा नभएको भन्दै उहाँले भारतसँग कुटनीति ढंगबाट वार्ता गरी जमिन फिर्ता गरिने बताउनुभयो ।
नेपाली भूमि फिर्ता भएरै छाड्ने बताउँदै उहाँले भन्नुभयो “सरकारले यसको कुटनीतिक पहल सुरु गरिसकेको छ । नेपालको भूमी फिर्ता भएरै छाड्छ ।”
दुई पार्टी बीचको एकता प्रधानमन्त्री बन्न हतारो भएर स्वार्थबाट नभएको उहाँले बताउनुभयो । सहमतिका साथ पार्टी एकताका सम्पूर्ण काम पूरा भएको बताउँदै उहाँले भन्नुभयो “नेकपाले जे भन्छ त्यो गर्छ ।” उहाँले अगाडि थप्नुभयो “प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच बर्ष सरकारको नेतृत्व मार्फत राष्ट्र निर्माणमा लाग्नुहुन्छ, म पार्टीको सुदृढिकरण र संगठन बिस्तारमा केन्द्रित हुन्छु ।”
पाँच बर्षको स्थीर सरकार बनेपछि टनेल र रेल मार्ग निर्माण तथा पानीजहाज सञ्चालन गर्ने काम तीव्र गतिमा अघि बढेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “हामी टनेल युगमा गएका छौं, अब राजमार्गहरु सिधा हुन्छन्, नयाँ नयाँ र छोटा टनेल मार्गहरु बनाउँछौं, काम सुरु भइसकेको छ, रेल पनि आउँदैछ, पूर्वबाट सुरु हुन लाग्या छ, उत्तरबाट पनि आउँछ, दक्षिणबाट पनि आउँछ, नारायणीमा केही दिनमा नै पानीजहाज चल्छ ।”
चितवन निर्वाचन क्षेत्र नं. ३ का सांसद समेत रहनु भएका दाहालले चितवनको विकासका लागि अर्बौंको बजेट ल्याइएको बताउनुभयो । उहाँले बाँकी साँढे दुई बर्षको अवधिमा चितवनका मूल सडक र मूख्य साहायक सडक कालोपत्रे गरिसक्ने प्रतिवद्धता जनाउनुभयो ।
निर्वाचन परिचालन समितिकी संयोजक पार्वती रावल (दिलकुमारी) को सभापतित्वमा भएको कार्यक्रममा प्रदेश नम्वर तीनका सह ईन्चार्ज काशिनाथ अधिकारी, प्रदेश अध्यक्ष नारायण दाहाल, प्रदेश सभा सदस्य कृष्ण भूर्तेल, भरतपुर महानगरपालिका ईन्चार्ज रेनु दाहाल, नेकपाबाट वडा अध्यक्षका उम्मेदवार भक्तराज हमाल लगायतले बोल्नुभएको थियो ।
भरतपुर महानगरपालिका वडा नं. १६मा आगामी मंसिर १४ गते हुने उपनिर्वाचन नेकपा अध्यक्ष दाहालको निर्वाचन क्षेत्र नं. ३ मा पर्छ । उक्त चुनावलाई दाहालको लोकप्रियतासँग जोडेर हेरिएको छ ।