सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लेयर्स कुखुरा पालक संघको दोस्रो साधारणसभा सम्पन्न


  •    न्युजभित्तो/१० माघ २०८१, बिहीबार १७:५८ 
  • चितवन, १० माघ । नेपाल लेयर्स कुखुरा पालक संघको स्थापनासँगै यहाँका लेयर्स कुखुरा पालक कृषकहरुले अण्डाको लागत मूल्य पाएको बताएका छन् । संघको दोस्रो साधारणसभामा बोल्ने वक्ताहरुले संघको स्थापना गरेर देशव्यापी रुपमा कृषकलाई संगठित गरेर बजारीकरणमा लागेका कारण अण्डालाई आत्मनिर्भर बनाईराख्न सकेको बताएका छन् ।

    बि.सं. २०७९ असोज २८ गते नेपालका ठूलो संख्यामा लेयर्स कुखुरा पालन गर्दै आएका कृषक एवं व्यवसायी संगठित भएर यो संघ गठन भएको हो । आज काठमाण्डौंमा भएको साधारणसभामा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष विनोद पोखरेलले संघ स्थापना भएपछि दैनिकजसो बैठक र देशव्यापी दौडाहा अभियानमा लागेका कारण आज अण्डा उत्पादक किसानले लागत मूल्य पाएको बताउनुभयो । उहाँले भन्नुभयो “सबैको साथ र सहयोगका कारण आज हामीले अण्डालाई आत्मनिर्भर बनाउन सकेका छौं ।”

    राज्यले समयमा ध्यान नदिंदा धेरै कृषक पलायन भएको भन्दै उहाँले टिकेकाहरुले ऋण थप गरेर काम गर्नु परेको बताउनुभयो ।

    कार्यक्रममा प्रमुख अतिथि नेपाल पोल्ट्री महासंघका प्रथम उपाध्यक्ष नारायणहरि खत्रीले अण्डा उत्पादक कृषक र व्यवसायीहरु संगठित भएका कारण अण्डाले राम्रो बजार पाएको बताउनुभयो ।

    नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले सरकारले भन्सार दरमा सम्बोधन गर्न सकेमा दानाको मूल्य घटाउन सकिने बताउनुभयो । नेपाल ह्याचरी उद्योग संघका उपाध्यक्ष राजेन्द्र लामिछाने र नेपाल अण्डा उत्पादक संघका पूर्प अध्यक्ष त्रिलोचन कँडेलले सरकारले पोल्ट्री व्यवसायलाई सम्बोधन गर्न नसकेका कारण धेरैको सम्पत्ति लिलामीमा जाने अवस्थामा पुगेको भन्दै संघको स्थापनाका कारण अहिले अण्डाले मूल्य पाएको बताउनुभयो ।

    उहाँहरुले बैंकको चर्काे व्याज, दानाको कच्चा पदार्थ र औषधिको मूल्य बृद्धि लगायतका कारण ७५ प्रतिशत हाराहारी कृषक पलायन भएको बताउनुभयो ।

    संघका उपाध्यक्ष सुनिलकुमार शाक्यले निरन्तर बजारीकरणमा लाग्न नसकेमा अण्डाले मूल्य नपाउने बताउनुभयो । साधारणसभामा अध्यक्षको प्रतिवेदन अध्यक्ष पोखरेल, महासचिवको प्रतिवेदन महासचिव भेषराज अर्याल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रकाश चापागाईले प्रस्तुत गर्नुभएको थियो ।

    संघका सचिव मदन पोखरेलले संघ स्थापना भएसँगै भौतिक र अनलाईन मार्फत् दैनिक छलफल गरेर कृषकलाई उत्प्रेरणा गर्ने र उपभोक्तालाई अण्डाको महत्वबारे बुझाउन सकेका कारण अण्डाले बजार पाएको बताउनुभयो ।

    कार्यक्रममा झापा जिल्ला अण्डा उत्पादक संघका अध्यक्ष भरत चौलागाई, दाङ जिल्ला अण्डा उत्पादक संघका अध्यक्ष भरतमणि शर्मा, मकवानपुर कुखुरा व्यवसायी संघका पूर्व अध्यक्ष राजु अधिकारीलगायतले बोल्नु भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.