सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गैरकानूनी शुल्क फिर्ता गर्न माग गर्दै बृहत् प्रदर्शन


  •    न्युजभित्तो/८ मंसिर २०७६, आईतवार २०:४२ 
  • चितवन । चितवन मेडिकल कलेजमा गठन भएको चिकित्सा शिक्षा सङ्घर्ष समितिको अगुवाइमा आज बृहत् प्रदर्शन भएको छ । मेडिकल कलेजहरूले असुल गरेको गैरकानूनी शुल्क फिर्ता नभएको विरोधमा विद्यार्थी, अभिभावक तथा नागरिक समाजको अगुवाइमा प्रदर्शन गरिएको हो ।

    वीरेन्द्र क्याम्पसबाट शुरु भएको प्रदर्शनले बजार परिक्रमा गरेको थियो । विरोध र्यालीपछि आयोजित कोणसभामा अभिभावक विष्णुप्रसाद ओली र विद्यार्थी मान्यता थापाले बढी शुल्क असुल गर्ने कलेजहरुलाई कडा कारवाही गरिनुपर्ने माग गर्नुभयो ।

    मेडिकल कलेजलाई शिक्षा मन्त्रालयले बढी उठाएको शुल्क फिर्ता गर्न १५ दिनको समय दिएको थियो । त्यो समय सोमबार सकिँदैछ । विद्यार्थीका अनुसार अहिलेसम्म मेडिकल कलेजले बढी उठाएको शुल्क फिर्ता गरेको छैन । शिक्षा मन्त्रालयले १५ दिनभित्र गैरकानूनी शुल्क फिर्ता नलिए मेडिकल कलेजलाई कारवाही गर्ने जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.