सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सीमाका विषयमा सबै एक ठाउँमा उभिनुपर्छ : पूर्वअर्थमन्त्री पाण्डे


  •    न्युजभित्तो/८ मंसिर २०७६, आईतवार २०:३४ 
  • चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सीमाका विषयमा सबै एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ, चितवनले आज आयोजना गरेको सांसदसँग संवाद कार्यक्रममा उहाँले सरकार, विपक्षी, अन्य दल र आम नेपालीले सीमाका विषयमा एउटै आवाज बनाउनुपर्ने बताउनुभयो ।

    सार्वभौमसत्ता र जमीन दिने कुरामा नेपालीले कदापि सम्झौता नगर्ने भन्दै उहाँले यस विषयमा एकले अर्कोलाई आरोप प्रत्यारोप गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “सीमा सबै मिलेर रक्षा गरौँ, देशको भूभाग गुमोस् भन्ने कसैले पनि चाहँदैन ।”

    सबै एक ठाउँमा उभिएर कस्सिएर वार्ता गर्नुपर्ने भन्दै उहाँले थप्नुभयो, “ठूलो आवाज भयो भने आज नपाइएला एउटा विन्दुमा गएर सहमति नखोजी धर पाउँदैन ।” सरकारले प्रयासको थालनी गरेको भन्दै यसअघि कतिपय सरकारले आपत्तिसमेत जनाउन नसकेको उहाँले बताउनुभयो ।

    सरकारका कामका सन्दर्भमा उहाँले घोषणापत्र आफैँमा महत्वाकाङ्क्षी भएकाले शत प्रतिशत पूरा गर्न कठिन हुने बताउनुभयो । हरेक क्षेत्रमा सहभागिता र समानुपातिक नभनि गुणस्तर खोज्नुपर्ने नेता पाण्डेको भनाई थियो ।

    चितवन क्षेत्र नं १ का निर्वाचित सांसद पाण्डेले आफ्नो क्षेत्रमा भएका ठूला कार्यक्रमहरुका बारेमासमेत जानकारी गराउनुभयो । राप्ती नदीको तटबन्धनका लागि लोथरदेखि सौराहासम्मको ३४ किलोमिटर आरसिसी वालसहितको ड्याग निर्माण गर्न युरोपियन युनियनसँग झण्डै रु १० अर्ब बजेट माग भई प्रक्रिया अन्तिम चरणमा पुगेको, भण्डारा मलेखु सडकको ४ दशमलव ५ किलोमिटर सुरुङ मार्गसहित ४१ किलोमिटर सडक निर्माणको काम एशियाली विकास बैंकको सहयोगमा हुन लागेको, सौराहामा रु ५५ करोडको लागतमा सभागृह बनिरहेको, वकुलहर फिस्लिङ सडक एशियाली विकास बैंकको रु ७५ करोड सहयोगमा बनिरहेको बताउनुभयो ।

    यसैगरी कयर खोलाको शक्तिखोरदेखि सौराहासम्मको ५६ किलोमीटर तटबन्ध रु दुई अर्ब ३६ करोडको लागतमा काम भइरहेको, पूर्वी चितवनको रिङरोड निर्माण कार्य शुरु भएको, आफ्नो क्षेत्रमा पर्ने आठवटा सडकमा रु चार करोडका दरले सङ्घीय सरकारको बजेट परी काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.