सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन महोत्सवः डोरी तान्ते प्रतियोगितामा होटल व्यवसायी संघ विजयी


  •    न्युजभित्तो/३ माघ २०८१, बिहीबार १७:५७ 
  • चितवन, ३ माघ । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव भव्यताका सञ्चालन भइरहेको छ । महोत्सव परिसरमा विविधि गतिबिधिहरु भइरहेका छन् । जसमा दैनिक साँस्कृतिक कार्यक्रम भइरहेको छ भने खेलकुद, साहित्यिक लगायतका गतिविधि समेत भइरहेका छन् ।

    महोत्सव परिसरमा डोरी तान्ने प्रतियोगिता सम्पन्न गरिएको छ । अन्तर वस्तुगत संघ डोरी तनाई प्रतियोगिता गरिएको हो । जसमा १२ वटा वस्तुगत संघले सहभागिता जनाएका थिए । प्रतियोगितामा होटल व्यवसायी संघ चितवन प्रथम र फेन्सी व्यावसायी संघ चितवन द्वितीय भएको उवासंघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिनुभयो ।

    प्रथम र द्वितीय हुनेलाई मेडल र ट्रफी प्रदान गरिएको छ । पुरस्कार वितरण कार्यक्रममा मुल समिति संयोजक सुमनकुमार श्रेष्ठ र खेलकुद समिति संयोजक शंकरप्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

    पुष २५ गतेबाट सुरु भएको चितवन महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सव बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालन भइरहेको छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।

    चितवन महोत्सव अन्तर्गत नै पुष २९ गतेबाट नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिबल समेत भईरहेको छ । फुड फेस्टिबल माघ ७ गतेसम्म चल्ने छ भने बिहान ८ बजेबाट राती १० बजेसम्म सञ्चालन भइरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बिदाको समय सदुपयोग गर्दै बालबालिकालाई सारङ्गी सिकाइँदै
    सुडी समाजद्वारा सांसदलाई सम्मान
    राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
    • ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’
    • पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
    • बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
    • अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.