सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रपति भण्डारीद्वारा नेपालमा लगानी गर्न चिनियाँ व्यवसायीलाई आग्रह


  •    /१५ बैशाख २०७६, आईतवार १४:१० 
  • बेइजिङ :
    राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ व्यापारिक शेयर बजार (चाइना कमर्शियल स्टक इण्टरप्राइजेज) को संयुक्त आर्थिक समिति (इकोनोमिक ज्वाइण्ट कमिटी) का अध्यक्ष वाङ फुकिङ तथा चीन – नेपाल आर्थिक तथा व्यापार मञ्चका प्रमुख व्यक्तित्वसँग भेटवार्ता गर्नुभएको छ ।
    उक्त अवसरमा राष्ट्रपति भण्डारीले नेपाल–चीन आर्थिक तथा व्यापार मञ्चको बैठक आयोजना गरेकामा धन्यवाद व्यक्त गर्दै नेपालको परिस्थिति अनुकूल भएको, आर्थिक विकास गर्नैपर्ने आवश्यकता बढेको र लगानीका लागि उचित वातावरण भएकाले लगानीका लागि आग्रह गर्नुभयो । चिनियाँ पक्षबाट मञ्चमा व्यापार, दुई मुलुकबीच सहयोग र लगानीका विषयमा छलफल हुने बताइएको छ ।
    भेटका अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौड्याल, नेपालका लागि चीनका राजदूत होउ याङ्छी, नेपाल सरकारका उच्च अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधि पनि हुनुहुन्थ्यो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
    दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर
    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    • बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    • ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.