सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पैँतीस दिनभित्र अन्तर्राष्ट्रिय अदालत जानुपर्छ : बिजुक्छे


  •    न्युजभित्तो/६ मंसिर २०७६, शुक्रबार २१:१४ 
  • भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ३५ दिनभित्र अन्तर्राष्ट्रिय अदालतमा नगए भारतले मिचेको सीमाका विषय जटिल बन्ने बताउनुभएको छ । रफत सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बिजुक्छेले सरकारले सीमा अतिक्रमण बारेको मुद्दालाई बेलैमा अन्तर्राष्ट्रिय अदालत र सुंयक्त राष्ट्र सङ्घमा लैजान नसकेको भन्दै ३५ दिनभित्र सरकारले यो विषय उक्त स्थानमा लानुपर्ने बताउनुभयो ।

    उहाँले भारतले जारी गरेको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर आफ्नो बनाउनु र यस विषयमा नेपाल सरकारले कुनै ठोस पहलतर्फ लाग्न नसक्नु कमजोरी भएको आरोप लगाउनुभायो । नेपालको कूटनीतिक पक्ष सदैव कमजोर रहेको भन्दै बिजुक्छेले कूटनीतिक असफलताकै कारण वैदेशिक हस्तक्षेप तीव्र बन्दै गएको बताउनुभयो । चीनले नेपालको सीमा नमिचेको दाबी गर्दै बिजुक्छेले चीनले सीमा मिचेको विषय हल्लामात्र भएको बताउनुभयो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको मन्त्रिमण्डल पुनर्गठनको विषयमा अध्यक्ष बिजुक्छेले सरकारले हाल भएका मन्त्रीलाई किन हटायो र नयाँ मन्त्री किन ल्यायो भन्ने कुनै ठोस विषय जानकारी दिन नसक्नु सरकारको असक्षमता भएको बताउनुभयो । तीन तहको सरकारले झनै जटिलता निम्त्याएको बताउँदै उहाँले सिंहदरबारको अधिकार गाउँगाउँसम्म पुगेको भन्नु नै जनतालाई भ्रममा पार्नु हो भन्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.