सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पावर समिटमा भए तीन समझदारी


  •    न्युजभित्तो/६ मंसिर २०७६, शुक्रबार २१:०४ 
  • काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले आयोजना गरेको पावर समिट (उर्जा सम्मेलन), २०१९ को क्रममा विभिन्न तीन सम्झौता एवं समझदारीमा हस्ताक्षर भएको छ । सरकारी स्वामित्वको हाइड्रोइलेक्ट्रिसिटी एण्ड इन्भेस्टमेन्ट लिमिटेड (एचआइडिसिएल) र भारतको सरकारी स्वामित्वको एनएचपिसी लिमिटेडबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    सरकारले जलविद्युत् आयोजनामा लगानी जुटाउनका लागि स्थापना गरेको एचआइडिसिएलसँग दुवै छिमेकी देशका प्रख्यात कम्पनीले सहकार्य गर्न लागेका हुन् । यसअघि चीनको सरकारी स्वामित्वकै पावर चाइनासँगसमेत समझदारी भइसकेको छ । पावर समिटका क्रममा भएको समझदारीले भारतको प्रविधि, ज्ञान तथा लगानी भित्र्याउनका लागिसमेत मार्ग प्रशस्त भएको एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले बताउनुभएको छ ।

    एनएचपिसी भारतको केन्द्रीय सरकारको स्वामित्वको सरकारी कम्पनी हो । सो कम्पनीले भारत र भूटानमा जलविद्युत्मा लगानी गरिसकेको छ । एनएचपिसीले हिमाञ्चल प्रदेशमा १८० मेगावाटको बैरासिलु पावर स्टेशन, ५४० मेगावाटको चमेरा, ३०० मेगावाटको चमेरा दोस्रो र २३१ मेगावाटको चमेरा तेस्रो जलविद्युत् आयोजना निर्माण तथा सञ्चालन गरिरहेको छ ।

    प्रमुख कार्यकारी अधिकृत पोखरेलका अनुसार सरकारले अगाडि सारेको १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा गर्नका लागि आफ्नो संस्थाको भूमिका विशेष हुने भएकाले पनि ऊर्जा क्षेत्रमा सहकार्यको ढोका खोलिएको हो ।

    पावर समिटकै क्रममा भारतको इण्डियन इनर्जी लिमिटेड र स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इपान)बीच समेत समझदारीमा हस्ताक्षर भएको इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले जानकारी दिनुभयो । अध्यक्ष गुरागाईंका अनुसार सरकारले सरकारीस्तरमा, निजी क्षेत्रले निजीस्तरमा नै सहकार्य गरी मुलुकको आवश्यकतालाई सम्बोधन गर्ने प्रयासस्वरुप समझदारीमा हस्ताक्षर भएको छ ।

    यस्तै आज नेदरल्याण्ड्सको वित्तीय संस्था एफएमओ र नेपाल बैंकर्स सङ्घबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.