सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चार लाख कुखुरा पाल्दै आएको दाउन्ने एग्रो फार्म लिमिटेडले १० करोडको आईपिओ जारी गर्दै


  •    न्युजभित्तो/१९ पुष २०८१, शुक्रबार १०:२५ 
  • चितवन, १९ पुसः दाउन्ने एग्रो फार्म लिमिटेडले रु.१० करोडको सर्वसाधारणका लागि शेयर (आईपिओ) जारी गर्ने भएको छ । फार्मको स्थापनापछिको सातौं र पब्लिक कम्पनीमा प्रवेशपछिको प्रथम वार्षिक साधारणसभाले रु.१० करोडको आईपिओ जारी गर्ने निर्णय गरेको हो ।

    नवलपरासी (सुस्ता–त्रिवेणी पूर्व) विनयीत्रिवेणी गाउँपालिका वडा नं. ३ को सर्दीमा करिब ११ विगाहामा फैलिएको फार्ममा कुखुरा पालन गर्दै आएको यो कम्पनीको अहिले चार लाख कुखुरा रहेका छन् । निकट भविष्यमै ६ लाख कुखुरा पु¥याउने लक्ष्य कम्पनीले लिएको छ ।

    कुखुरा पालन क्षेत्रमा आईपिओ जारी गर्न लागेको यो पहिलो कम्पनी हो । कम्पनीको साधारणसभाले रघुनाथ भट्टको अध्यक्षतामा सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । समितिका सञ्चालक सदस्यहरुमा विनोद पोखरेल, विपिन पोखरेल, हेमराज बडाल र हिमालय पौडेल रहनु भएको छ ।

    साधारण सभाले प्रबन्ध सञ्चालक बिनोद पोखरेलद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरेको छ ।

    बि.सं. २०७४ मा स्थापना भएको यस कम्पनीमा शुरुवातमा एक लाख कुखुरा पालन गरिएको थियो । क्रमशः बृद्धि गर्दै लगिएको हो । कम्पनीका प्रबन्ध सञ्चालक पोखरेलका अनुसार हाल दैनिक तीन लाख ५० हजारभन्दा बढी अण्डा उत्पादन हुने गरेको छ । उत्पादित अण्डा मध्ये केहीलाई दाउन्ने ह्याप्पी एगको ब्राण्डमा ब्राण्डिङ्ग गरी १५ वटा र ३० वटाको क्रेट बनाएर बजारमा पठाउने गरिएको छ । यहाँको अण्डा देशका प्रमुख शहरहरुसँगै ग्रामीण क्षेत्रमा समेत पठाईने गरिएको छ ।

    पोखरेलका अनुसार दाउन्नेको फार्ममा स्वचालित, अत्याधुनिक उपकरण जडान गरिएका छन् । ती उपकरण जर्मन र मलेसियाबाट आयात गरिएका हुन् । उहाँले भन्नुभयो “अत्याधुनिक तवरबाट कुखुरा पालन गरिएकाले अण्डा उत्पादनको प्रतिशत उच्च रहेको छ ।”

    नेपालमा लामो समयसम्म कुखुरा पालन क्षेत्रमा अनुभव संगालेका कृषक र व्यवसायीहरुको लगानीमा यो कम्पनी स्थापना भएको हो । यहाँका लगानीकर्ताहरुको पोल्ट्रीसँग सम्बन्धित विभिन्न उद्योगहरुमा लगानी रहेको छ । जसका कारण लागत मूल्य घटाउन र गुणस्तरीय अण्डा उत्पादन गर्न सफल भएको अध्यक्ष भट्ट बताउनुहुन्छ ।

    नेपालमा ठूलो संख्यामा कुखुरा पालन गर्ने यो पहिलो कम्पनी हो । कम्पनीले शेयर निष्काशनका लागि सिटीजन्स् क्यापिटलसँग सम्झौता गरिसकेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.