सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी शुरु, दुई हजारभन्दा बढी प्रकारका कृषि औजार प्रदर्शनीमा


  •    न्युजभित्तो/६ मंसिर २०७६, शुक्रबार १९:२८ 
  • चितवन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बन्द रहेका उद्योगलाई सञ्चालन गर्न सरकारले गृहकार्य शुरु गरेको बताउनुभएको छ । चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा आजदेखि शुरु भएको चौथो राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी–२०७६ को उद्घाटन समारोहमा उहाँले व्यवसायीको समस्या जटिल बन्दै गएको भन्दै उहाँले उद्योग स्थापना गर्दा देखिने सामाजिक समस्या समाधान गर्न आवश्यक रहेको बताउनुभयो ।

    उहाँले एकद्वार नीतिमार्फत अगाडि बढ्नुपर्ने भन्दै मन्त्रालयमा सेवा लिन आउने सेवाग्राहीलाई एउटै मन्त्रालयमा सेवा दिने गरी काम गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “एक मन्त्रालयले अर्को मन्त्रालयसँग सहकार्य गरेर छिटोभन्दा छिटो सेवा दिने व्यवस्था मिलाउनु आवश्यक छ ।” आयात रोकेर निर्यातमुखी उत्पादन गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । कृषि क्षेत्रलाई औद्योगीकरण र व्यावसायिकरूपमा अघि बढाउन भूगोलअनुसारको प्रविधि जोड्नु आवश्यक रहेको उहाँले बताउनुभयो ।

    कार्यक्रममा राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले कृषि बाँच्ने आधार नभएर सभ्यता भएको बताउनुभयो । कृषिलाई औद्योगिक, व्यावसायिक र यान्त्रिकीकरण गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका कृषि सङ्कायका डिन जयप्रकाश दत्त, कृषि विभागका निमित्त महानिर्देशक सावित्री बराल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख डा रेवतीरमण पौडेल, नेपाल कृषि मेशिनरी व्यवसायी सङ्घका अध्यक्ष स्वयम्भू कृष्ण श्रेष्ठलगायतको सहभागिता थियो ।

    कृषि तथा पशुपक्षी मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकीकरण प्रवद्र्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, प्रदेश नम्बर ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, नेपाल कृषि मेशिनरी व्यवसायी सङ्घको संयुक्त आयोजनामा प्रदर्शनी गरिएको हो ।

    यही मङ्सिर ९ गतेसम्म सञ्चालन हुने सो प्रदर्शनीमा १०० भन्दा बढी स्टल रहेका छन् । रु १० करोडभन्दा बढी कारोवार हुने लक्ष्य रहेको सो प्रदर्शनीमा २० देशका दुई हजारभन्दा बढी प्रकारका कृषि औजार राखिएको आयोजकले जनाएको छ । प्रदर्शनीको ७० जिल्लाका ३५ हजारभन्दा बढी कृषकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.