सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रिजालको सम्झनामा भावुक बने काँग्रेस नेताहरु


  •    /१४ बैशाख २०७६, शनिबार १९:३० 
  • चितवन । वि.सं. २०६२/६३ को जनआन्दोलनमा चितवनमा एक युवाको खुबै चर्चा हुन्थ्यो, उनी निरङ्कुश शाही शासनका विरुद्धमा जुनसुकै अवस्थामा पनि लड्न तयार हुन्थे । जनआन्दोलनमा लागेका उनले कयौँ पटक प्रहरी र आर्मीका लाठी, बुट बन्दुकको कुन्दाको शिकार हुनुप¥यो । तर पनि उनी कुनै दिन डगमगाएनन्, लडिरहे ।

    ती शाहसी युवाको नाम हो, निराजन रिजाल । अहिलेको रत्ननगर नगरपालिका वडा नम्वर–४, झुवानीका रिजालको वैशाख ७ गते खोलामा डुबेर निधन भयो । उनको निधनपछि परिवार मात्र होईन सिङ्गो नेपाली काँग्रेस चितवन स्तब्ध बनेको छ ।

    शुक्रबार रिजालको परिवारलाई समवेदना दिन रिजाल निवास झुवानी पुगेका नेताहरु निकै भावुक बने । उनीहरुले स्वर्गीय रिजालको योगदानलाई स्मरण गरे । उनले जनआन्दोलनमा पु¥याएको योगदानलाई सम्झिए । नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशीले रिजाल निवास पुग्दा मन थाम्नै सकेनन् । रिजालको तस्विरमा फूलमाला चढाईरहँदा उनको आँखामा आँसु छचल्किरहेको थियो ।

    “एकदमै निडर, साहसी र प्रष्ट वक्ता थिए निराजन ।” जोशीले भन्नुभयो, “उनले पु¥याएको योगदानको पार्टीले कदर गर्नेछ ।” रिजालको निधनबाट नेपाली काँग्रेस चितवनमा अपूरणीय क्षति भएको जोशीले बताउनुभयो ।

    शुक्रबारनै रिजाल निवास पुगेका नेपाली काँग्रेस चितवनका पूर्व सभापति टेकप्रसाद गुरुङ्गले पनि एक साहसी र निडर युवाको रुपमा रिजाललाई स्मरण गरे । गुरुङ्गले भन्नुभयो, “रिजाल जस्तै युवाहरुले विनास्वार्थ पु¥याएको योगदानकै कारण अहिलेको परिवर्तन सम्भव भएको हो ।”

    रिजाल निवासमा काँग्रेस चितवनका नेताहरु ईश्वरी पौडेल, देवेन्द्र सुवेदी, रामचन्द्र अधिकारी, भरतपुर–१० का काँग्रेस सभापति ध्रुव सुवेदी, बछौलीका पूर्व गाविस अध्यक्ष हरिभक्त घिमिरे, काँग्रेस वडा सभापति ओमप्रसाद घिमिरेलगायत पुग्नुभएको थियो । उनीहरुले रिजालको योगदानको स्मरण गर्दे पार्टीलाई उनको योगदानको कदर गर्न आग्रह गरेका थिए ।

    तत्कालीन शाही शासकको विरोध गर्न कपालनै खौरिएर नारयणी नदीसम्म प्रतिकात्मक शब लिएर जाने रिजालले नेसिवसंघको विभिन्न तह र तप्कामा रहेर काम गरेका थिए । स्नातकोत्तर सम्मको अध्ययन पूरा गरेका रिजालका श्रीमती र एक छोरी छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेप्से परिसूचक ३३ अङ्कले बढ्यो
    परराष्ट्रमन्त्री खनालसँग जर्मनीका राजदूतको भेट
    पूर्वउपसभापति खड्कालाई सातदिने स्पष्टीकरण
    • आरोग्य दिवस मनाइयो
    • कूटनीतिबारे लेख्न महिला पत्रकारलाई प्रोत्साहन गर्नुपर्ने
    • सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन
    • मल्कवाङमा खानेपानीको पहुँच पुग्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.