सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको तेस्रो राष्ट्रिय अधिवेशन पुस २० मा


  •    न्युजभित्तो/१५ पुष २०८१, सोमबार १२:३० 
  • काठमाडौँ, १५ पुस । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको ७औँ साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशन यही पुस २० गते आयोजना हुने भएको छ । अधिवेशनको पूर्वसन्ध्यामा यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष कुमार कार्कीले अधिवेशन तथा साधारणसभाबारे जानकारी दिनुभयो ।

    महासङ्घकाअनुसार अधिवक्ता अर्जुन अर्यालको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन समितिले अन्तिम मतदाता नामावली प्रकाशन गरिसकेको छ ।

    अध्यक्ष कार्कीले साना तथा मझौला उद्योगी व्यवसायीहरुलाई स्थानीय सरकारको सिफारिस बिना धितो सहुलियत ब्याजदरमा रु २५ लाखसम्मको ऋण उपलब्ध गराउनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “व्यवसायीले अनुदानमा नभइ सहुलियत दरमा ऋणमा पाउनुपर्छ ।”

    उहाँले व्यवसाय दर्ता प्रणाली एकद्वार प्रणालीबाट हुनु पर्ने, भन्सारदर समयसापेक्ष पनि परिमार्जन गरिनुपर्नेमा जोड दिनुभयो । सहरी क्षेत्रमा उद्योग व्यापार व्यवसाय गर्नेका लागि राज्यले वैज्ञानिक घरभाडा कर लागू गर्नुपर्ने, खाता विवरणहरुको आधारमा कर कार्यालयबाट कर चुक्ता प्रमाण पत्र प्रदान गरे पश्चात पुनरावलोकन हुनु नहुने, स्थायी लेखा नम्बरमार्फत गरिने कारोबारको सिमा रु ५० लाखबाट वढाएर रु दुई करोड बनाउनु पर्ने भनाइ राख्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.