सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल उद्योग तथा व्यवसायी महासङ्घको विधान सम्मेलन नवलपुरमा हुँदै


  •    न्युजभित्तो/१० पुष २०८१, बुधबार १७:३५ 
  • नवलपुर, १० पुस । नेकपा (एमाले) निकट उद्योग तथा व्यवसायीहरुको सङ्गठन नेपाल उद्योग तथा व्यवसायी महासङ्घको केन्द्रीय विधान तथा नीति निर्माण सम्मेलन नवलपुरमा हुने भएको छ । पुस १२ र १३ गते जिल्लाको गैँडाकोटमा विधान तथा नीति निर्माण सम्मेलन हुने लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । वर्तमान समयमा नेपाली अर्थतन्त्रमा देखिएका समस्या र समाधान सहितको दृष्टिकोणबारे सम्मेलनमा छलफल हुने जनाइएको छ ।

    पत्रकार सम्मेलनका क्रममा नेपाल उद्योग तथा व्यवसायी महासङ्घका संयोजक भागिरथ सापकोटाले देशको अर्थतन्त्रमा उद्योगले पु¥याएको योगदानको करिब ९५ प्रतिशत हिस्सा साना तथा मझौला उद्योग व्यवसायले ओगटेको बताउनुभयो । व्यवसायी धनी हुँदैमा समाज धनी नहुने भन्दै उहाँले व्यवसायको पैसा समाजमा पु¥याउन आवश्यक रहेको बताउनुभयो । नेपालको अर्थतन्त्रलाई माथि लैजानका लागि विभिन्न पाँचवटा विषयमा लगानी बढाउनुपर्ने उहाँको भनाइ छ ।

    महासङ्घका निवर्तमान उपाध्यक्ष एवम् विधान तथा नीति निर्माण सम्मेलन संयोजक डा तिलचन्द्र भट्टराईले सरकार, पार्टी र व्यवसायी गरी त्रिपक्षीय छलफल हुने र राज्यलाई सुझाव दिने बताउनुभयो । सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार डा युवराज खतिवडा, नेकपा एमालेका महासचिव शङ्कर पोखरेल तथा देशका ७७ वटै जिल्लाबाट करिब तीन सय जना व्यवसायी प्रतिनिधिहरुको सहभागिता रहने भट्टराईले बताउनुभयो । नेपालमा कुनै पनि बस्तु ठूलोमात्रामा उत्पादन गर्न नसकिएको भन्दै भट्टराईले निर्यात भएका बस्तुहरु निर्यात गर्ने अवस्था नभएको बताउनुभयो । गैँडाकोटमा हुने विधान तथा नीति निर्माण सम्बन्धी विस्तारित बैठकले सङ्गठनको विधान संशोधन गर्दै चितवन नवलपुर घोषणापत्र जारी गर्नेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.