सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नवनियुक्त मन्त्री र राज्यमन्त्रीद्वारा शपथग्रहण


  •    न्युजभित्तो/५ मंसिर २०७६, बिहीबार १२:३६ 
  • काठमाडौं । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले आज विहान पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ जना मन्त्रीलाई शपथ गराउनुभयो ।

    राज्य मन्त्रीहरू तीन जनालाई भने प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ गराउनुभएको छ । नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपतिले र राज्यमन्त्रीलाई प्रधानमन्त्रीले शपथ गराउने संवैधानिक व्यवस्था छ ।

    प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो साँझ मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको थियो । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति थियो ।

    नवनियुक्त मन्त्रीहरूमा घनश्याम भुसाललाई कृषि मन्त्रालय, वसन्त नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, हृदयेश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, पार्वत गुरुङलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, लेखराज भट्टलाई उद्योग मन्त्रालय र रामेश्वर राय यादवलाई श्रम मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यसैगरी, नवनियुक्त राज्यमन्त्रीहरुमा मोतीलाल दुगड (उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री), नवराज रावत (स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री) र रामवीर मानन्धर (शहरी विकास राज्यमन्त्री) हुनुहुन्छ ।

    मन्त्रीमण्डल पुनर्गठनसँगै भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव तथा पर्यटन राज्यमन्त्री धनबहादुर बुढा र कृषि राज्यमन्त्री रामकुमारी चौधरीलाई विदा दिइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खोरसोरमा गोविन्देको त्रास
    प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
    विद्युत् आपूर्तिलाई प्रभावकारी बनाउने ऊर्जामन्त्रीको प्रतिबद्धता
    • अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
    • दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
    • चितवनबाट बाघ पर्सा पठाइयो
    • मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.