सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उपनिर्वाचनका लागि नेपाली कांग्रेसको प्रतिबद्धतापत्र सार्वजनिक


  •    न्युजभित्तो/३ मंसिर २०७६, मंगलवार १६:२५ 
  • काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीका युवा, विद्यार्थीका बीच ‘नेपाली कांग्रेसको आह्वान’ सार्वजनिक गर्नुभएको हो ।

    ‘भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षाविरुद्ध हाम्रो अभियान’ नारासहितको २२ पृष्ठको प्रतिबद्धतापत्रमा प्रतिपक्षीका रूपमा पार्टीको २१ महिना, कांग्रेसको नेतृत्वमा भएको ऐतिहासिक उपलब्धि, वर्तमान सरकारले २१ महिनामा गर्न नसकेका कामलगायत विषय समेटिएका छन् ।

    प्रतिबद्धतापत्रमा कांग्रेसका संस्थापक बिपी कोइरालाको कार्यकालदेखि गणतन्त्रसम्म कांग्रेस नेतृत्वको सरकारले गरेका आर्थिक, समाजिक, शैक्षिक, स्वास्थ्य, पूर्वाधारलगायत क्षेत्रमा भएका प्रगतिका बारेमा विस्तृत उल्लेख गरिएको छ । त्यस्तै प्रतिबद्धतापत्रमा राष्ट्रियताको प्रश्न, संविधानप्रति अपनत्वको दायरा विस्तार, निर्मला प्रकरण, मूल्यवृद्धि, वाइडबडी छानबिन प्रकरण, बूढीगण्डकी आयोजना, चिकित्सा शिक्षा, प्रेस स्वतन्त्रता, गुठी विधेयक, बालुवाटारकाण्डलगायत २१ प्रकरणमा वर्तमान सरकार असफल भएको समेत उल्लेख गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
    • सुनचाँदीको मूल्य बढ्यो
    • विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड
    • नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
    • विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.