सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लगानी थप गरी ‘चार तारे लक्जरी’ बन्दै होटल जंगल क्राउन


  •    न्युजभित्तो/३ मंसिर २०८१, सोमबार १६:०६ 
  • चितवन, ३ मंसिर । चितवनको पर्यटकीय नगरी सौराहाको बाघमारामा रहेको होटल जंगल क्राउनले लगानी थप गरी चारतारे लक्जरी होटल बनाउने भएको छ । होटलले नयाँ भवन थप गरेर चार तारे लक्जरी होटल बनाउन लागेको हो ।

    सौराहाकै स्तरीय होटलको रुपमा परिचत यस होटलले सञ्चालनमा आएको १० वर्षपछि चार तारे लक्जरी होटलमा स्तरोन्नती गर्न लागेको हो । व्यवसायी डा.तिलचन्द्र भट्टराई नेतृत्वको लगानीकर्ताको टोलीले होटलमा लगानी थप गरेको हो । होटलको स्तरबृद्धि गर्ने भएपछि नयाँ भवन शिलन्यास गरिएको छ । नयाँ बन्ने तीन तले ४० कोठे भवनको एक कार्यक्रमका बीच पूर्व पर्यटन मन्त्री प्रेम आलेले आज शिलन्यास गर्नुभयो ।

    हाल ४३ कोठा सहित सञ्चालनमा रहेको होटलमा नयाँ भवन निर्माण सम्पन्न भएसँगै ४० कोठा थपिने छन् । होटल जंगल क्राउनका सञ्चालक तथा कार्यकारी प्रमुख सन्तोष गिरीका अनुसार होटलमा बस्ने ग्राहकहरूलाई स्वीमिङ पुल र हेल्थ क्लबको सुविधा निःशुल्क दिने गरी सरकारले तोकेको मापदण्डा पूरा गर्दै चार तारे स्तरमा स्तरबृद्धि गर्न लागिएको बताउनुभयो ।

    होटलका अध्यक्ष डा.तिलचन्द्र भट्टईले भवनमा फरक–फरक स्वाद र परिकारका रेष्टुरेन्ट, ५ सय बढी क्षमताको सभा हल, ४ वटा स्वीट रुमसहित ३६ वटा डिलक्स कोठा, २ वटा स्वीमिङ पुल, स्पा, हेल्थ क्लबलगायत सम्पूर्ण सुविधासहितको होटल बनाउन सुरु गरिएको बताउनुभयो ।

    दुई वर्षभित्रमा सम्पूर्ण निर्माण पूरा गरी नयाँ कोठाहरु सञ्चालनमा ल्याईने उहाँले बताउनुभयो । दुई विघा बढी क्षेत्रफलमा रहेको होटलको थप लगानी सहित एक अर्बको होटल बन्ने उहाँको भनाई छ ।

    आगमी दुई वर्ष भित्र चितवनलाई जोड्ने बुटवल–नारायणगढ, मुग्लिन–पोखरा, मुग्लिन–काठमाण्डौं लगायतका सबै सडक संरचना निर्माण भईसक्दा होटल जंगल क्राउन थप क्षमतामा सञ्चालनमा आउने कार्यकारी प्रमुख गिरीले बताउनुभयो ।

    अध्यक्ष भट्टराईले पर्यटन क्षेत्रको भविष्य उज्ज्वल रहेको भन्दै भन्नुभयो “सडक सञ्जाल र भरतपुर विमानस्थलको स्तरोन्नती भएपछि सौराहामा पर्यटकको ओईरो लाग्छ भन्ने हाम्रो विश्वास छ ।” उहाँले सडक र हवाई मार्ग सहज भएसँगै यहाँ स्वदेशी र विदेशी ठूलो संख्यामा पर्यटक आउने बताउनुभयो ।

    होटलको नयाँ भवनको शिलन्यास गर्दै पूर्व पर्यटनमन्त्री आलले विदेशमा गएर पसिना बगाउने नभई अब स्वदेशमै विदेशीलाई बोलाएर विदेशी मुद्रा आर्जन गर्ने बेला आएको बताउनुभयो ।

    होटलको स्तर बृद्धिसँगै ८३ वटा कोठामा १ सय ६५ वटा बेड हुनेछन् । होटलमा प्रेसिडेन्टियल सूईट, एक्सुक्युटिभ, डिलक्स रुम र ३ वटा रेष्टुरेन्ट रहने छन् ।

    सौराहामा पछिल्लो समय ठूलो लगानी गरेर होटल खोल्ने क्रम बढेको छ । कतिपय नयाँ होटल थपिएका छन् भने कतिपयले भईरहेका होटलमा लगानी थप गरिरहेका हुन् ।

    क्षेत्रीय होटल संघ सौराहाका महासचिव गुणराज थपलियाले नयाँ होटल र पुरानामा पनि लगानी थपिंदै गएको बताउनुभयो । उहाँले भन्नुभयो “अहिले एउटै होटलमा रु.२० करोडभन्दा बढी लगानी भएको छ, रु. अर्ब बढी लगानी भएको चितवनको ५ तारे रोयल टुलिप रिसोर्ट आगामी जनावरीदेखि सञ्चालन हुनेछ ।”

    पछिल्ला तीन बर्षमा सौराहामा नयाँ होटल खोल्न रु. तीन अर्ब बढी लगानी भएको क्षेत्रीय होटल संघ नेपाल सौराहाले जनाएको छ । मुख्य गरी सौराहामा आउने पर्यटक हात्ती, डुंगा, जीप सफारी गरेर चितवन निकुञ्जमा रहेको जैविक विविधतासगैँ गैँडा, बाघलगायत जंगली जनावर हेर्न मन पराउँछन् । वन्यजन्तु पर्यटनका हिसाबले चितवन नेपालकै पहिलो गन्तव्य हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.