सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

फिस्लिङ घटना : प्रहरी जवान ढकाललाई पाँच दिनको म्याद थप


  •    न्युजभित्तो/२ मंसिर २०७६, सोमबार १९:१८ 
  • चितवन । प्रहरी नियन्त्रणमा रहेका जैनिक जवानको रहस्यमय मृत्यु प्रकरणमा पक्राउ परेका प्रहरी जवान ठाकुर ढकाललाई सोमबार पाँच दिनको म्याद थप गरिएको छ । जिल्ला अदालत चितवनले पाँच दिनको म्याद दिएको हो ।

    आईतबार ईच्छाकामना गाउँपालिका वडा नं. १ स्थित अस्थाइ प्रहरी पोष्ट फिस्लिङमा प्रहरी नियन्त्रणमा रहेका सेनाका जवान २८ वर्षिय राम कँडेलको रहस्यमय मृत्यु भएको थियो ।

    प्रहरी पोष्ट फिस्लिङमा राखिएका उनको भाग्ने क्रममा मृत्य भएको प्रहरीले दावी गरेको छ । तर परिवारले कुटपिटबाट कँडेलको मृत्यु भएको भन्दै विरोध गर्दै आएका छन् ।

    घटनापछि आईतबार परिवारका तर्फबाट प्रहरी जवान ढकाल विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी परेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी एकनारायण कोईरालाले जानकारी दिनुभयो । आईतबार प्रहरी नियन्त्रणमा रहेका ढकाललाई सोमबार जिल्ला अदालत चितवन लगिएको थियो ।

    प्रहरी जवान ढकाल र सेनाका जवान कँडेलबीच विवाद भएपछि कँडेललाई प्रहरी नियन्त्रणमा लिईएपछि घटना भएको थियो । यसैबीच मृतकका आफन्तले सोमबार मुग्लिन बजारमा दुई घण्टा राजमार्ग अवरुद्ध गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन
    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
    विपन्न विद्यार्थी पढाउन अध्यक्ष विष्टद्वारा अक्षयकोष स्थापना
    • मेलम्चीको पानी आपूर्ति बन्द
    • बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा
    • तामुटारमा पक्की पुल निर्माण
    • पूर्वाधारतर्फ सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.