सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जापानमाभन्दा नेपालमा महिला हिंसा कम


  •    न्युजभित्तो/२ मंसिर २०७६, सोमबार १९:०५ 
  • चितवन । नेपालमाभन्दा जापानमा महिला सिंसा बढी भएको एक कार्यक्रममा बताईएको छ । प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाको आयोजना र जिल्ला समन्वय समिति चितवनको समन्वयमा सोमबार भरतपुरमा आयोजना गरिएको लैगिक हिंसाका कारण तथा न्यूनिकरणका उपायहरु विषयक कार्यक्रममा जापानमाभन्दा नेपालमा महिला हिंसा कम रहेको बताईएको हो ।

    विगत १८ वर्षदेखि जापानमा महिलाको क्षेत्रमा क्रियाशील तायको कातागिरीले कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै जापानमा महिलाको हालको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले जापानमाभन्दा नेपालमा महिला हिंसा कम हुने गरेको तथ्याक प्रस्तुत गर्नुभयो । हिंसाका प्रकार र हिंसालाई कसरी कम गर्न सकिन्छ भन्ने विषय उहाँले कार्यपत्रमा प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रमको सहजीकरण गर्दै कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपकुलपति डाक्टर शारदा थपलियाले नेपाल र जापानको समानता र भिन्नताका विषयमा प्रष्ट्याउनु भएको थियो । डाक्टर थपलियाले लिङ्गका आधारमा कामको बाँडफाँड हुने र हिंसा पुरुषमाभन्दा महिलामा बढी हुने गरेको बताउनुभयो । उहाँले हिंसा धनीले गरीबमाथि गर्ने हुँदा सबैभन्दा पहिला महिलाहरु आर्थिक रुपमा बलियो भए मात्रै महिला हिंसा कम गर्न सकिने बताउनुभयो ।

     

    कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख मुना श्रेष्ठले हिंसा संसारभरी रहेको भन्दै सबैभन्दा पहिला महिलाहरु स्वयं नै हिंसाका लागि लड्न तयार हुनु पर्ने बताउनुभयो । त्यसका लागि महिलाहरुले आफुलाई आर्थिक उपार्जनमा लगाउन आग्रह गर्दै उहाँले जिल्ला समन्वय समितिले हिंसामा परेका महिलाहरुको न्यायको लागि स्थानीयतह मार्फत् काम गर्ने बताउनुभयो ।

    कार्यक्रममा कालिका नगरपालिकाका उपप्रमुख कमला भट्टराईले नगरपालिकाले महिला लक्षित विभिन्न कार्यक्रमहरु ल्याएको जानकारी दिनुभयो । नगरपालिकाले महिलाहरुलाई स्वाबलम्बि बनाउनका लागि सिसाकलम बनाउने मिसिन ल्याउने तयारी गरेको भन्दै चिउरीको साबुन, अर्गानिक तरकारी खेती गर्न प्रोत्साहन, गलैचा बनाउने तालिम जस्ता महिला लक्षित कार्यक्रममा जोड दिएको बताउनुभयो ।

    अधिकारकर्मी महादेवी खतिवडाले महिला हिंसाको कुनै समय र सीमा नहुने गरेको भन्दै स्थानीय निकायले हिंसा न्युनिकरणका लागि वार्षिक योजना बनाएर अगाडी बढ्नु पर्ने बताउनुभयो ।

    नेफ्स्कुन सञ्चालक समिति सदस्य शान्ति अधिकारीले घर परिवारमा नै बच्चाहरुमा समान तरिकाले कामको बाँडफाड र जिम्मेवारी दिन सकेको खण्डमा आउँदा दिनमा लिङ्गकै आधारमा हिंसा कम हुने बताउनुभयो ।

    महिला अधिकारकर्मी मिना खरेलले महिला भएकै कारण विभिन्न हिंसाको सामना गर्नुपरे पनि पछिल्लो समय साईबर क्राईम र आत्महत्या ठुलो चुनौतीको रुपमा आएको बताउनुभयो ।

    कार्यक्रममा प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवम् कार्यक्रमका अध्यक्ष बिमला न्यौपाने ज्ञवालीले महिलाको कुरा गर्दा जहिले पनि गम्भीर हुुनु पर्ने अवस्थाको अन्त्यका लागि महिलाहरु नै एक हुनु पर्ने बताउनुभयो । उहाँले हिंसा आफ्नैबाट समेत हुने गरेको भन्दै सचेतना सँगसँगै अब क्रियाशील रुपमा त्यसको प्रतिकार गर्नुपर्ने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.