सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

फिस्लिङ घटना : प्रहरी जवानको नाममा किटानी जाहेरी दर्ता


  •    न्युजभित्तो/१ मंसिर २०७६, आईतवार २१:२२ 
  • चितवन । इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा रहेको अस्थायी प्रहरी चौकीबाट हाम फालेर मृत्यु भएका भनिएका नेपाली सेनाका जवानका परिवारले किटानी जाहेरी दर्ता गराएका छन् ।

    अस्थायी प्रहरी चौकी फिस्लिङमा कार्यरत प्रहरी जवान ठाकुर ढकालका नाममा मृतकका परिवारले हत्याको आशंका गर्दै किटानी जाहेरी दर्ता गराएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर मल्लले किटानी जाहेरी परेको र ढकाललाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जानकारी दिनुभयो ।

    इच्छाकामना–५ निवासी २८ वर्षीय राम कँडेल फिस्लिङमा रहेको अस्थायी प्रहरी चौकीमा राखिएको समयमा आज बिहान बरण्डाबाट हाम फालेर घाइते भएको प्रहरीले जनाएको छ । घाइते कँडेलको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको थियो ।

    कँडेलको मृत्युपछि स्थानीयले हत्या भएको भन्दै आज दिउँसो तीन घण्टा पृथ्वी राजमार्ग अवरुद्ध गराएका थिए । मृतक कँडेलको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । मल्लका अनुसार नेपाली सेना, प्रहरी र परिवारका साथमा साँझ शव काठमाडौँ पठाइएको हो ।

    प्रहरीले आज बिहान फिस्लिङ क्षेत्रमा झैझगडा गरेपछि नियन्त्रणमा लिइएका कँडेल प्रहरी चौकीको तल्लो तलाको बरण्डाबाट हामफाल्दा घाइते भएका जनाएको छ । कँडेल सिन्धुलीको बर्दबहादुर गणका सिपाही हुन् । बिहान ७ः३० वजे लडेर घाइते भएका कँडेलको उपचारका क्रममा बिहान ८ः४० वजे मृत्यु भएको प्रहरीले जनाएको छ । परिवारले भने हत्या भएको दाबी गर्दै जाहेरी दर्ता गराएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन
    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
    विपन्न विद्यार्थी पढाउन अध्यक्ष विष्टद्वारा अक्षयकोष स्थापना
    • मेलम्चीको पानी आपूर्ति बन्द
    • बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा
    • तामुटारमा पक्की पुल निर्माण
    • पूर्वाधारतर्फ सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.