सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालको जमीन कसैलाई मिच्न दिइँदैन : प्रधानमन्त्री


  •    न्युजभित्तो/१ मंसिर २०७६, आईतवार २०:०४ 
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको जमीन कसैलाई मिच्न नदिइने दृढता व्यक्त गर्नुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपालले आज आयोजना गरेको भेलामा उहाँले सरकार आफ्नो देशको सिमाना रक्षा गर्न सक्षम रहेको बताउनुभयो ।

    मुलुकको सिमाना रक्षा गर्ने र अतिक्रमित भूमि फिर्ता गर्ने विषयमा सबै राजनीतिक दल एकीकृत भएर एकताको सन्देश प्रवाह भएको पनि प्रधानमन्त्री ओलीको भनाइ थियो । अतिक्रमित भूमि फिर्ता गर्ने विषयमा सरकारलाई जनताबाट प्राप्त बलियो समर्थनका लागि प्रधानमन्त्रीले धन्यवादसमेत ज्ञापन गर्नुभयो ।

    “दशकौँअघि अतिक्रमित भूमिको विषयलाई लिएर अहिले भर्खरै सीमा मिचिएको जस्तो गरेर प्रचार भइरहेको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यो देशभक्त सरकार कसैलाई पनि हाम्रो एक इञ्च पनि जमीन मिच्न दिँदैन, छिमेकी देशले हाम्रो भूमिबाट आफ्ना सेना फिर्ता लैजाओस् ।”

    विश्व समुदायका सामु शान्तिप्रिय छवि भएको नेपालले आफूले पनि कसैको एक इञ्च जमीन नमिच्ने र अरुलाई पनि आफ्नो जमीन मिच्न नदिने प्रधानमन्त्री ओलीको भनाइ थियो । कतिपयले सरकारलाई नक्सा सच्याउन सुझाव दिएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले नक्सा सच्याउनुभन्दा भूमि फिर्ता लिने कुरा महत्वपूर्ण रहेको बताउनुभयो । “कतिपयले नयाँ नक्सा छाप्न सुझाव दिनुभएको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी नक्सा सच्याउनुभन्दा अगाडि अतिक्रमित भूमि फिर्ता लिन चाहन्छौँ ।”

    दशकौँअघि नेपाली भूमि अतिक्रमित हुँदा मौन रहने तर, अतिरिक्त देशभक्ति देखाउने नाममा उत्श्रृङ्खल गतिविधि गर्ने काम अनुचित रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । “राष्ट्रियता, राष्ट्रिय अखण्डताका पक्षमा सरकारलाई सबैको साथ रहेको छ । सरकारलाई प्राप्त बलियो समर्थनका लागि म सबैलाई धन्यवाद दिन चाहन्छु”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “आफूलाई अतिरिक्त देशभक्त देखाउन गरिने उत्श्रृङ्खल गतिविधि अनुचित छन् । हामी कूटनीतिक संवादबाट समस्याको समाधान गर्नेछौँ ।”

    प्रधानमन्त्री ओलीले सङ्क्रमणकाल अन्त्य गरी कानूनी आधारसमेत बनाउन समय खर्च गरे पनि सरकारले विकासको नयाँ जग बसालेको उल्लेख गर्नुभयो । “कानूनी पूर्वाधार बनाउन हामीले धेरै समय लगाउनुपरे पनि आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुर्याउन सफल भएका छौँ, आयात घटाउँदै निर्यात बढाएर व्यापार घाटा कम गर्दै लगेका छौँ”, प्रधानमन्त्री ओलीले अगाडि जोड दिँदै थप्नुभयो, “उत्पादन वृद्धि र पूर्वाधार विकासमा हामी तीव्र गतिका साथ अघि बढेका छौँ ।”

    वैचारिक पूर्वाग्रह र आफूले व्यक्तिगतरुपमा केही नपाएको गुनासोजस्ता कारणले मात्रै सरकारको विरोध भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । “सरकारले राम्रै गरे पनि कम्युनिष्ट सरकार छ कसरी राम्रो भयो भन्नू भन्ने हिसाबले एकथरीले सैद्धान्तिकरुपमा विरोध गरिरहेका छन्”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “अर्कोथरी सबै कुरा राम्रो हुँदै गए पनि मैले त केही पाइन नि भनेर पनि विरोध भइरहेको छ ।” उहाँले तथ्यमा आधारित विरोधले मात्र कमजोरी सुधार्न सहयोग पुग्ने बताउनुभयो ।

    प्रधानमन्त्री ओलीले समाजवाद र पूँजीवादका चारित्रिक विशेषताबारे जानकारी दिँदै सोचाइमा सकारात्मकता, सिर्जनात्मकता र काममा रचनात्मकता अपनाउन युवा सङ्घका कार्यकर्तालाई निर्देशन दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव
    आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    • टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    • दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    • धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.