सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भ्रमण वर्षमा ७१ देशका प्रतिनिधिलाई मन्त्री भट्टराईको निम्तो


  •    न्युजभित्तो/३० कार्तिक २०७६, शनिबार २१:५३ 
  • चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले संरक्षण क्षेत्रमा लागेका ७१ देशका प्रतिनिधिलाई नेपालमा मनाउन लागिएको भ्रमण वर्षको निम्तो आफ्नो देशमा पुर्याइदिन आग्रह गर्नुभएको छ । नवौँ विश्व रेन्जर सम्मेलनको आज सौराहामा समापन गर्दै उहाँले आफ्ना परिवार, इष्टमित्र र साथीभाईलाई भ्रमण वर्षको निम्तो पुर्याइदिन उहाँले आग्रह गर्नुभएको हो ।

    नेपाल जैविक, प्राकृतिक र सांस्कृतिक दृष्टिले असाध्यै धनि देश भएको सम्मेलनका क्रममा सहभागीले जानकारी पाएकोमा आफू विश्वस्त भएको भन्दै मन्त्री भट्टराईले यहाँको पर्यटकीय महत्वलाई विश्वभर पुर्याउन भ्रमण वर्ष फलदायी हुने बताउनुभयो । नेपालको भूबनोट तराईदेखि हिमालसम्म फैलिएको उहाँको भनाइ थियो । संरक्षण क्षेत्रमा काम गर्नेहरुकै कारण आज विश्वमा वन र वन्यजन्तु संरक्षण हुन सकेको भन्दै उहाँले सबै सहभागी संरक्षणकर्मीप्रति आभार प्रकट गर्नुभयो ।

    विश्वका विभिन्न देशबाट यहाँ भेला भएर गरिएको सो सम्मेलन संरक्षण क्षेत्रमा फलदायी हुने कुरामा आफू विश्वस्त भएको मन्त्री भट्टराईको भनाइ थियो । समुदायमा आधारित भएर गरिने संरक्षण कार्यमा नेपाल उदाहरणीय रहेको उहाँले बताउनुभयो ।

    सो अवसरमा अन्तर्राष्ट्रिय रेन्जर महासङ्घ (आईआरएफ) का नवनियुक्त अध्यक्ष क्रिश गिल्सले सम्मेलनमा भएका छलफल र निचोडलाई आत्मसात गर्दै महासङ्घलाई अघि वढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले सम्मेलनका लागि नेपाल रोजेकामा सबैलाई धन्यवाद दिँदै सफलतापूर्वक सम्मेलन सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभयो ।

    क्षेत्रीय होटल सङ्घ चितवन सौराहा च्याप्टरका अध्यक्ष दीपक भट्टराईले भ्रमण वर्षको निम्तो आ–आफ्नो देशमा पुर्याइदिन आग्रह गर्नुभयो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक संरक्षण अधिकृत विष्णु थपलियाका अनुसार दक्षिण अफ्रिकाका गिल्सको नेतृत्वमा १३ सदस्यीय नयाँ समिति गठन भएको छ । आउँदो सम्मेलनका लागि पोर्चुगल र पेरुले प्रस्ताव गरेका छन् । नयाँ कार्यसमितिले ती दुई देशलाई सन २०२२ र २०२५ का लागि छनोट गरी निर्णय गर्ने थपलियाले जानकारी दिनुभयो ।

    सम्मेलनले चोरी शिकार तथा अवैध व्यापार नियन्त्रणमा विश्वभर सहकार्य गरेर पृथ्वीको उपहार वन्यजन्तु भावि पुस्ताका लागि संरक्षण गर्न जरुरी भएको भन्दै चितवन घोषणा पत्र २०१९ जारी गरेको छ । थपलियाका अनुसार घोषणा पत्रमा रेन्जरका हकहित, रेन्जर र समुदायबीचको सम्बन्ध, संरक्षणमा आदिवासी रैथाने समुदायको भूमिका, रेन्जरको क्षमता विकास, संरक्षणमा प्रविधि, महिला रेन्जरको भूमिका र भावी दिनमा रेन्जरले गर्नुपर्ने कार्य समावेश गरिएको घोषणापत्र जारी भएको छ ।

    चितवनको पर्यटकीय नगरी सौराहामा कात्तिक २६ गते पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेलनको उद्घाटन गर्नुभएको थियो । अन्तर्राष्ट्रिय रेन्जर महासङ्घ (आईआरएफ) र वन तथा वातारण मन्त्रालयको संयुक्त आयोजनामा एशियामै पहिलो पटक नेपालमा उक्त सम्मेलन आयोजना गरिएको हो । सन् १९९५ देखि शुरु भएको सम्मेलन हरेक तीन/तीन वर्षमा आयोजना गरिँदै आएको छ ।

    यसअघिको आठौँ सम्मेलन सन् २०१६ मा अमेरिकामा भएको थियो । सम्मेलनमा नेपालसहित ७२ देशका ५२६ प्रतिनिधि सहभागी थिए । विदेशी प्रतिनिधिको सङ्ख्या ४८४ रहेको थियो । नेपालले चोरी शिकार नियन्त्रणमा गरेको उल्लेख्य प्रगतिका साथै पाँच पटक गैँडाको शून्य चोरीशिकार वर्षसहित संरक्षण प्रयासमा देखाएको उत्कृष्टताका कारण नेपाललाई चयन गरिएको थियो । विश्वव्यापी “टिएक्स २” लक्ष्यको एक हिस्साका रुपमा नेपालले आफ्नो बाघ संख्या पनि झण्डै दोब्बर गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.