सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गरिमा विकास बैंक गैंडाकोट शाखाद्वारा वित्तिय साक्षरता सहित सडक बत्ती हस्तान्तरण


  •    न्युजभित्तो/११ कार्तिक २०८१, आईतवार १९:१४ 
  • गैंडाकोट, १० कात्तिक । गरिमा विकास बैंक लिमिटेडले वित्तिय साक्षरता प्रदान गर्दै सडक बत्ती हस्तान्तरण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गैंडाकोट नगरपालिका वडा नं ७ स्थित पिस पार्क टोल विकास संस्थालाई सडक बत्ती हस्तान्तरण गरेको हो ।

    बैंकले गैडाकोट नगरपालिका वडा नं ७ पिस पार्क टोलका सडकमा बत्ती जडान गर्ने प्रयोजनको लागि ्विद्युतीय बल्बहरु हस्तान्तरण गरेको हो । शनिबार आयोजित कार्यक्रममा बैंकका गैंडाकोट शाखा प्रमुख विष्णु पौडेलले पिस पार्क टोल विकास संस्थाकी अध्यक्ष नाम कुमारी शर्मा सापकोटालाई सडक बत्ती हस्तान्तरण गर्नभयो।

    कार्यक्रममा बोल्दै शाखा प्रमुख पौडेलले विकास बैंक यस समाजको अभिन्न अंग रहेको र समाजप्रति आफ्नो उत्तरदायित्व निर्वाह गर्ने क्रममा रात्रीकालिन समयमा सडकमा आवतजावत गर्ने यात्रुहरुको सुरक्षा तथा आवागमनमा सहजता पुऱ्याउने उद्देश्य अनुरुप बत्ती हस्तान्तरण गरेको बताउनुभयो । कार्यक्रममा गैंडाकोट नगरपालिका वडा नं ७ का वडाध्यक्ष होमनाथ सापकोटा सहित विकास बैंकका कर्मचारीहरु र टोलबासी वासिन्दाहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा शाखा प्रमुख पौडेलले सडक बत्ती हस्तान्तरणसंगै वित्तीय सचेतना सम्बन्धी जानकारी समेत प्रदान गर्नुुभयो ।

    काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएमः मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु आयोजना गर्नुको साथै सामाजिक विकास तथा जनचेतनामूलक क्रियाकलापहरुमा सहयोग गर्दै आईरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    आज २५ अर्बको ऋणपत्र जारी हुँदै
    आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
    • रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
    • विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
    • तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
    • बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.