चितवन । नारायणगढको नारायणी नदी किनारमा कार्तिक १५ देखि सञ्चालन भएको नारायणी महोत्सव २०७६ को समापन गरिएको छ । महोत्सवको समापन प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य विजय सुवेदीले गर्नुभयो । महोत्सव समापन गर्दै सुवेदीले महोत्सवले मनोरञ्जन दिनुका साथै विभिन्न आर्थिक तथा सामाजिक क्षेत्रमा समेत योगदान पुर्याएको बताउनुभयो ।
महोत्सवले आन्तरिक पर्यटन प्रवद्र्धनका साथै देशको राष्ट्रिय उत्पादकत्व वृद्धिमा समेत मद्दत पुग्ने सुवेदीको भनाइ छ । एक ठाउँमा भएको उत्पादनलाई अर्को ठाउँसम्म प्रचार प्रसार गर्नका लागि स्थानीय स्तरमा हुने मेला महोत्सवले सहयोग पुग्ने सुवेदीले बताउनुभयो ।
अपाङ्गता भएका बालबालिकाहरुको सहयोगार्थ रेविका बाल प्रतिष्ठानको आयोजनामा महोत्सव सञ्चालन भएको थियो । महोत्सवबाट भएको आम्दानीले अपाङ्गता भएका बालबालिकाहरुको शिक्षा, पालनपोषण तथा औषधिउपचारमा खर्च गरिने रेविका बाल प्रतिष्ठानका अध्यक्ष रुवी थापाले बताउनुभयो ।
महोत्सवको अन्तिम दिन शनिबार १५ हजार भन्दा बढी दर्शकहरुले महोत्सव अवलोकन गरेका महोत्सवका संयोजक रोशन राजकर्णिकारले जानकारी दिनुभयो । शनिबार बिदाको दिन र पछिल्लो समयका चर्चित गायक दुर्गेश थापाको प्रस्तुति रहेका कारण समेत समापनका दिन दर्शकहरुको उपस्थिति उल्लेखनीय रहेको राजकर्णिकारको भनाइ छ । शनिबार दुर्गेशका साथै एउटा खुट्टाले मात्रै नृत्य गर्ने कलाकार रोमा न्यौपानेकोसमेत प्रस्तुति रहेको थियो ।