सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कृषि र पर्यटन केन्द्रित विकासका कार्यक्रम ल्याउने तयारीमा छौँ : मुख्यमन्त्री पौडेल


  •    न्युजभित्तो/३० कार्तिक २०७६, शनिबार १९:०० 
  • चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार कृषि र पर्यटन केन्द्रित विकासका कार्यक्रम ल्याउने तयारीमा रहेको बताउनुभएको छ ।

    जिल्ला समन्वय समिति चितवनको तेस्रो जिल्लासभालाई आज सम्बोधन गर्दै उहाँले मुलुकलाई समृद्ध बनाउनेतर्फ केन्द्रित भएर विकासका योजना निर्माण गर्न सबै स्थानीय तहलाई आग्रह गर्नुभयो ।

    मुख्यमन्त्री पौडेलले जिल्ला समन्वय समितिलाई जिम्मेवारी दिने तयारीमा प्रदेश सरकार रहेको उल्लेख गर्दै निष्कृय बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै प्रदेश सरकारले जिल्ला समन्वय समितिलाई जिम्मेवारी दिने तयारी गरेको छ भन्नुभयो । जिल्ला समन्वय समितिको काम समन्वय गर्ने भएकाले हरेक स्थानीय तहसँग समन्वय गरेर विकास निर्माणमा अग्रसरता लिन आग्रह गर्दै उहाँले भन्नुभयो, “विकास निर्माणका कार्यलाई अनुगमन गर्दै समृद्धिको यात्रामा सहयोग पुर्याउनु पर्दछ ।”

    समग्र चितवनवासीको एउटै ‘चिन्तन, सफा सुन्दर र समृद्ध चितवन’ भन्ने मूल नाराका साथ आयोजना गरिएको तेस्रो जिल्लासभामा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले चालू आवका लागि आन्तरिकतर्फ रु ३९ करोड ६५ लाख ५६ हजार ६६८ र बाह्य स्रोततर्फ रु दुई करोड छ लाख ६९ हजार ९७३ को बजेट पेश गर्नुभएको थियो ।

    सो अवसरमा डल्लाकोटीले आगामी वर्षमा जिल्लामा गरिने पाँच वटा विशेष प्रस्तावसमेत पेश गर्नुभएको थियो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोख्रेल, प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, राप्ती नगरपालिका प्रमुख प्रभा बराल, नेकपाका नेता तेजेन्द्र खड्का, नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, धुर्मुश सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल, जिल्ला समन्वय समिति चितवनका उपप्रमुख मुनाकुमारी श्रेष्ठ लगायतले जिल्लाको सम्रग विकासका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पूर्वाधारतर्फ सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म
    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    • बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.