सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गोठमा लुकाएको पाँच थान एसएमजी, म्याग्जिन र १९० राउण्ड गोली भेटियो, प्रहरीको शंका विप्लवमाथि


  •    न्युजभित्तो/३० कार्तिक २०७६, शनिबार १८:११ 
  • दाङ । जिल्ला प्रहरी कार्यालय दाङले ठूलो मात्रामा अत्याधुनिक हतियार फेला पारेको छ । प्रहरीले शुक्रबार बेलुकी गढवा गाउँपालिका र कपिलवस्तुको शिवनगर नगरपालिकाको सिमानामा रहेको बेवारिसे खाली गोठमा लुकाइराखेको अवस्थामा गोलीसहित उक्त हतियार फेला पारेको हो ।

    जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक विनोदविक्रम शाहका अनुसार गोठमा पातपतिङ्गरले छोपेर सुटकेशभित्र राखिएको अवस्थामा एसएमजी राइफल पाँच थान, उक्त राइफलमा लाग्ने म्याग्जिन १३ थान र उक्त राइफलमा प्रयोग हुने १९० राउण्ड गोली फेला पारेको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन भट्टराईका अनुसार विशेष सूचनाका आधारमा प्रदेश प्रहरी, जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय गढवाको संयुक्त टोलीले लुकाइराखेको उक्त हतियार शुक्रबार बेलुकी करीब ६ बजेतिर फेलापारेको थियो ।

    “हतियार किन र कसले राख्यो जानकारी आउन सकेको छैन । तर, सूचना आउँदा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले हतियार ओसारपसार गर्दैछन् भन्ने सूचना आएको थियो”, उहाँले भन्नुभयो, “चुनावको कार्यक्रमलाई प्रभावित पार्न पनि हतियार स्थानान्तरण गर्न लागेको हुनसक्छ, थप कुरा अनुसन्धानपछि खुल्छ ।” गोलीगठ्ठासहित हतियार ओसारपसारबारे थप अनुसन्धान भइरहेको समेत उहाँले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खोरसोरमा गोविन्देको त्रास
    प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
    विद्युत् आपूर्तिलाई प्रभावकारी बनाउने ऊर्जामन्त्रीको प्रतिबद्धता
    • अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
    • दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
    • चितवनबाट बाघ पर्सा पठाइयो
    • मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.