सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कूटनीति र वार्ताको माध्यमबाट सीमा विवाद हल गर्नुपर्छ : सभापति देउवा


  •    न्युजभित्तो/३० कार्तिक २०७६, शनिबार ११:१३ 
  • कञ्चनपुर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कूटनीति र वार्ताको माध्यमद्वारा सीमा विवाद समाधान गनुपर्ने बताउनुभएको छ । उहाँले सरकारले राष्ट्रवादको नारा दिएपनि त्योअनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो ।

    नेपाल प्रेस युनियन कञ्चनपुरले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले सीमा विवाद समाधानका लागि सरकारले पहल गर्न नसकेको आरोप लगाउनुभयो । पत्रकार सम्मेलनमा देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि भएको बताउनुभयो ।

    “कालापानी हाम्रो हो । महाकाली सन्धिअनुसार पनि कालापानी नेपालको हो”, उहाँले भन्नुभयो, “सन्धिमा महाकाली नदीलाई नेपाल र भारतको सीमा नदी भनिएको छ ।”

    महाकाली सन्धिअनुसार महाकाली नदीको पानी आधा भारत र आधा नेपालको भएको उहाँको भनाइ थियो । भारतले महाकाली सन्धि कार्यान्वयन गर्नुपर्ने उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.