सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मुलुकलाई चिनाउने गरी प्रदेश सरकारले काम गरिरहेको छ : मुख्यमन्त्री पौडेल


  •    न्युजभित्तो/२९ कार्तिक २०७६, शुक्रबार २०:३७ 
  • चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकलाई चिनाउने गरी प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ । वन्यजन्तुबाट हुने सम्भावित क्षतिसम्बन्धी रत्ननगरमा आज आयोजित बीमा कार्यक्रमको उद्घाटन गर्नुहुँदै उहाँले अबको दुई वर्षमा काम देखिने बताउनुभयो ।

    सौराहा चोकदेखि सौराहासम्मको छ किलोमिटर सडकलाई प्रदेश सरकारले नमूना सडक बनाउने भन्दै ठाउँ खाली गरिदिन उहाँले आग्रह गर्नुभयो । देश र विदेशबाट आएका पर्यटकले सौराहा चोक पुगेपछि सौराहा आएको अनुभूति हुने गरी सडक निर्माण गरिने पौडेलको भनाइ थियो ।

    परम्परागत खेतीले मुलुकको विकास नहुने भन्दै उहाँले एकीकृत खेती प्रणाली थालेर खाद्यान्नको आयात घटाउनुपर्ने बताउनुभयो । बीमा कार्यक्रम गरेकोमा नगरपालिकालाई विशेष धन्यवाद दिँदै उहाँले यसलाई निरन्तरता दिनका लागि स्वामित्व स्थानीयले लिनुपर्नेमा जोड दिनुभयो ।

    रत्ननगर नगरपालिका–७ बोद्रनी गाउँका १४९ घरका ६६६ बाट बीमा शुरु गरिएको हो । क्रमशः रत्ननगर नगरपालिका वडा नम्बर ५ देखि ११ सम्मका मध्यवर्ती क्षेत्रमा बस्ने विपन्न परिवारको बीमा गरिने नगरप्रमुख नारायण वनले जानकारी दिनुभयो । विपन्न परिवारको जीवन र जनधनको बीमा गरिएको हो । नगर प्रमुख वनका अनुसार वन्यजन्तु र दुर्घटना जुनकुनै कारणले जुनसुकै ठाउँमा बीमा गरेका व्यक्तिको निधन, घाइते वा अङ्गभङ्ग भएमा बीमा भुक्तानी गरिने छ । मृत्यु हुँदा परिवारले रु १० लाख पाउने गरी बीमा गरिएको छ । यसैगरी बालीनाली, घरपालुवा जनावर, घरगोठको क्षति भएमा क्षतिका आधारमा बीमा भुक्तानी गरिने छ ।

    नगरपालिकाले रु आठ लाख, विश्व वन्यजन्तु कोषको रु आठ लाख, मृगकुञ्ज उपभोक्ता समितिले रु चार लाख, बाघमारा मध्यवर्ती सामुदायिक वनले रु चार लाख र सम्बन्धित बीमितबाट रु आठ लाख भुक्तानी गर्ने गरी रु ३२ लाख बराबरको बीमा सञ्चालन गरिएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पूर्वाधारतर्फ सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म
    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    • बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.