सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पपुलर युनिसेक्स शैलुनले दिएको ४५ दिने निःशुल्क तालिम सम्पन्न


  •    न्युजभित्तो/११ आश्विन २०८१, शुक्रबार १८:३१ 
  • चितवन, ११ असोज । भरतपुरको सिटी ल्याण्डमार्कमा रहेको पपुल युनिसेक्स शैलुनको ११ औं वार्षिकोत्सवको अवसरमा आयोजित निःशुल्क कपाल काट्ने तालिम आज समापन भएको छ । ३० जना युवायुवतीलाई दिइएको ४५ दिने निःशुल्क तालिम असमापन भएको हो ।

    जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले तालिमको समापन गर्नुभयो । सो अवसरमा उहाँले सीप आफैमा धन भएको भन्दै सीपको उच्चतम प्रयोग गरेर धनआर्जन गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो “स्वदेशमै स्वरोजगारमूलक व्यवसाय गर्न यो तालिम महत्वपूर्ण छ ।” यति खर्चिलो तालिम निःशुल्क गराएकोमा उहाँले धन्यवाद दिनुभयो ।

    युवाहरुलाई ४५ दिनको अवधिमा जेन्स तथा लेडिजको कपाल काट्ने, नुहाउने र कपाल बनाउने लगायतका सीप सिकाइएको थियो । तालिम लिएका युवाहरुले विभिन्न सरकारी विद्यालयमा गएर यो अवधिमा सयौं विद्यार्थीको निःशुल्क कपाल काटिदिएको शैलुनका संचालक सुलभ सिग्देलले जानकारी दिनुभयो । उहाँले तालिम लिएका युवाहरु आफै स्वरोजगार बन्न पसल संचालनको तयारीमा रहेको उहाँले बताउनुभयो ।

    समापन कार्यक्रममा पत्रकार महांसघ चितवनका अध्यक्ष नारायण अधिकारी, प्रशिक्षार्थी सुनिता पोखरेल लगायतले बोल्नु भएको थियो । समापन समारोहमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

    सैलुनका प्रबन्ध निर्देशक सुस्मिता चालिसेले गत वर्ष पनि आफूहरुले ३० जनालाई निःशुल्क तालिम दिएको बताउँदै आगामी वर्षहरुमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । पपुलरको भरतपुरको सिटी मलको तेस्रो तलामा सैलुन रहेको छ । जहाँ नियमित तालिम दिने गरिन्छ । सैलुनले चाडपर्वको अवसरमा अहिले २५ प्रतिशत छुटमा सेवा दिईरहेको छ । महिला र पुरुष दुवैको कपाल र सौन्दर्यका सम्पूर्ण काम गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.