सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बेंगलुरुमा नेपाली युवतीको विभत्स हत्या, फ्रीजमा भेटिए शवका टुक्रा


  •    न्युजभित्तो/६ आश्विन २०८१, आईतवार १७:२२ 
  • काठमाडौं, ६ असोज । भारतको एकजना नेपाली युवतीको हत्या भएको छ । बेंगलुरुमा २९ वर्षीय नेपाली युवती महालक्ष्मी दासको विभत्स हत्या भएको हो । हिजो (शनिबार) बेंगलुरुको व्यालिकभल क्षेत्रस्थित फ्ल्याटको फ्रीजमा महालक्ष्मीको हत्यापछि ३० टुक्रा पारेको अवस्थामा शव फ्रीजभित्र भेटिएको छ। प्रहरीका अनुसार उनको हत्या सेप्टेम्बर १२ मा भएको हो ।

    द इकोनोमिक टाइम्सका अनुसार फ्ल्याटबाट दुर्गन्ध फैलिन थालेपछि घरधनीले शनिबार दिउँसो प्रहरीलाई खबर गरेका थिए । शनिबार दिउँसो महालक्ष्मीको घरधनीले परिवारलाई पनि झिकाएका थिए । परिवार भने अन्तै बस्दै आएका थिए।

    घरधनीको फोनपछि महालक्ष्मीकी आमा र बहिनी पुगेका थिए । उनीहरू पुग्दा महालक्ष्मीको फ्ल्याट अगाडिको ढोका बन्द थियो । ढोका फोडेर पस्दा १६५ लिटरको फ्रीजबाट दुर्गन्धसँगै किरा पनि निस्किएको भेटिएको र पछि प्रहरीले महिलाका शवका टुक्रा उठाएर पोस्टमार्टमका लागि अस्पताल पठाएको थियो ।

    प्रहरीका अनुसार बेंगलुरुकै एकवटा सपिङ मलमा काम गर्दै आएकी थिइन् । महालक्ष्मी डिभोर्सी हुन् । उनका पति छोराछोरीसँग भारतमै बस्छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.