सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बङ्गलादेशी राष्ट्रपतिसँग उपराष्ट्रपति र प्रधानमन्त्रीको शिष्टाचार भेट, नेपालको समृद्धिमा सघाउने


  •    न्युजभित्तो/२७ कार्तिक २०७६, बुधबार १८:५६ 
  • काठमाडौँ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग उपराष्ट्रपति नन्दबहादुर पुनले आज अपराह्न शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरूबीच नेपाल–बङ्गलादेश सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।

    आजै राष्ट्रपति हमिदसँग प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शिष्टाचार भेट गर्नुभयो । भेटमा उहाँहरूबीच विद्यमान पारस्परिक सम्बन्धका सबै पक्षबारे छलफल भएको थियो । दुई देशबीचको विद्यमान घनिष्ठ एवम् परम्परागत सम्बन्धलाई आर्थिक साझेदारीमा रुपान्तरण गर्ने विषयमा पनि उहाँहरूबीच गहन रुपमा विचार आदानप्रदान भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनुभयो ।

    मन्त्री ज्ञवालीका अनुसार बङ्गलादेशका राष्ट्रपतिले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने नेपाल सरकारको सङ्कल्प साकार पार्न आफ्नो देशले हरसम्भव सहयोग गर्ने वचन प्रधानमन्त्रीलाई दिनुभएको थियो ।

    दुवै देशबीच सम्पर्क सञ्जाल विस्तार, ऊर्जा सहयोग, बङ्गलादेशका बन्दरगाह उपयोग, पूर्वाधार निर्माण, पर्यटन विकास, व्यापार प्रवद्र्धनलगायत आपसी चासोका विविध विषयमा पनि उहाँहरूबीच विचारविमर्श भएको थियो । नेपाललाई बङ्गलादेशले उपलब्ध गराउँदै आएका विभिन्न बन्दरगाहको उपयोग गर्दै नेपाली उत्पादनलाई बङ्गलादेशी बजारमा पुर्याउन तथा द्विपक्षीय व्यापार वृद्धिमा जोड दिइएको थियो ।

    प्रधानमन्त्रीले ऊर्जा उत्पादनमा लगानी गर्न बङ्गलादेशका उद्यमी–व्यवसायीलाई अभिप्रेरित गर्न सके यहाँ उत्पादन हुने ऊर्जा बङ्गलादेशमा खपत गर्न सहज हुने वास्तविकता राष्ट्रपतिलाई अवगत गराउनुभयो ।

    भेटमा व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल, जलमार्ग, हवाई मार्ग, शिक्षा, यातायात तथा कृषि क्षेत्रमा सहयोग गर्ने सम्बन्धमा छलफल भएको थियो । जलवायु परिवर्तनसहित अन्तर्राष्ट्रिय र क्षेत्रीय चासोका मामिलामा सहयोग सुदृढ तुल्याउनेबारेमा पनि विचार आदानप्रदान भएको थियो ।

    “बङ्गलादेशको स्वतन्त्रता सङ्ग्राममा नेपालको तत्कालीन राजनीतिक नेतृत्वले गरेको नैतिक समर्थन तथा बङ्गलादेशलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिने नेपाल सातौँ मुलुक भएको स्मरण गर्दै राष्ट्रपतिले नेपालसँग आफ्नो देशको भावनात्मक सम्बन्ध रहेको बताउनुभएको थियो । नेपालप्रति उहाँले कृतज्ञता पनि प्रकट गर्नुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका विशिष्ट अतिथि नेपालको चारदिने औपचारिक सद्भावना भ्रमणमा हुनुहन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.