चितवनमा उपनिर्वाचन : तीन वडा अध्यक्ष पदका लागि १३ जनाको मनोनयन दर्ता
न्युजभित्तो/२७ कार्तिक २०७६, बुधबार १७:४६
चितवन । यही मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनको लागि बुधबार जिल्लाका तीन वडामा १३ जनाले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराउनु भएको छ । भरतपुर महानगरपालिका वडा नं. १६ मा पाँच जना, खैरहनी नगरपालिका वडा नं. ४ र ५ मा ४/४ जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
जिल्ला निर्वाचन अधिकारी हरि ढकालका अनुसार भरतपुर महानगरपालिका वडा नं. १६ मा राष्ट्रिय नागरिक पार्टीका धनप्रसाद घले, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भक्तराज हमाल, राप्रपा संयुक्तका विष्णुप्रसाद त्रिपाठी, समाजवादी पार्टीका अम्बरबहादुर थापा र नेपाली कांग्रेसका अमृतराज हमालले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराउनु भएको छ ।
त्यसैगरी खैरहनी ४ मा नेपाली कांग्रेसका देवप्रसाद बस्नेत, राप्रपाका अनुज अधिकारी, नेकपाका बेदबहादुर अधिकारी र राप्रपा संयुक्तका सीताराम थापाले मनोनयन दर्ता गराउनु भएको हो ।
खैरहनी ५ मा राष्ट्रिय नागरिक पार्टीका बलराम चौधरी, समाजवादी पार्टीका बिकन महतो थारु, नेपाली कांग्रसका प्रतिमा कार्की र नेकपाका पुननारायण प्रधानले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराउनु भएको छ ।
भरतपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालत परिसर र खैरहनीको निर्वाचन अधिकृतको कार्यालय खैरहनीमा मनोनयन दर्ता गरिएको हो । मनोनयन दर्ता गर्न दलहरुले र्याली, बाजागाजासहित कार्यालय पुगेका थिए ।
जिल्लामा ६ वटा मतदान स्थल र १५ वटा केन्द्र तय गरिएको छ । मतदान केन्द्रका लागि ७५ जना जिल्लाबाट कर्मचारी र केन्द्रमा ६० जना स्वयमंसेवक नियुक्त गरिनेछ ।
भरतपुर महानगरपालिका वडा नम्वर १६ मा ८ हजार ४ सय ८१, खैरहनी नगरपालिका वडा नम्वर ४ मा २ हजार ६ सय ९२ र वडा नम्वर ५ मा २ हजार १ सय ११ मतदाता रहेका छन् ।

भरतपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालत परिसर र खैरहनीको निर्वाचन अधिकृतको कार्यालय खैरहनीमा मनोनयन दर्ता गरिएको हो । मनोनयन दर्ता गर्न दलहरुले बाजागाजासहित कार्यालय पुगेका थिए ।
जिल्ला निर्वाचन अधिकारी ढकालका अनुसार जिल्लामा ६ वटा मतदान स्थल र १५ वटा केन्द्र तय गरिएको छ । मतदान केन्द्रका लागि ७५ जना जिल्लाबाट कर्मचारी र केन्द्रमा ६० जना स्वयमंसेवक नियुक्त गरिनेछ ।
ढकालका अनुसार भरतपुर महानगरपालिका वडा नम्वर १६ मा ८ हजार ४ सय ८१, खैरहनी नगरपालिका वडा नम्वर ४ मा २ हजार ६ सय ९२ र वडा नम्वर ५ मा २ हजार १ सय ११ मतदाता रहेका छन् ।