सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वन्यजन्तुको त्रासमा मध्यवर्ती क्षेत्रका बासिन्दा


  •    न्युजभित्तो/२७ कार्तिक २०७६, बुधबार १२:०४ 
  • बाँके । बाँके र बर्दियामा वन्यजन्तुको आक्रमणमा मृत्यु हुने क्रम बढेपछि निकुञ्ज वरपरका स्थानीयवासी त्रसित छन् ।

    बाघ आक्रमण बढेसँगै निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयवासी त्रसित बनेका हुन् । मानव बस्तीमै पुगेर बाघले आक्रमण गर्ने घटना बढ्न थालेपछि निकुञ्ज क्षेत्रका बासिन्दाको सुरक्षा जोखिम बढ्न थालेको छ ।

    यही कात्तिक २३ र २६ गते जङ्गलमा घाँस दाउरा काट्न गएका दुई महिलाले बाँघको आक्रमणबाट ज्यान गुमाउनुपरेको छ । विसं २०७५ माघदेखि हालसम्म पाटेबाघको आक्रमणमा परेर बाँके र बर्दियामा सातको मृत्यु भइसकेको छ । निकुञ्जको तथ्याङ्कअनुसार बाघको आक्रमणमा परेर बर्दियामा चार र बाँकेमा तीनको ज्यान गइसकेको छ ।

    कात्तिक २३ गते शनिबार जङ्गलमा घाँस काट्न जाँदा कोहलपुर नगरपालिका–१३, नयाँबस्तीकी ६५ वर्षीया काली बस्नेत र मङ्गलबार राप्तीसोनारी–८ बालापुरकी ६० वर्षीया ठगी खड्काको पाटेबाघको आक्रमणमा परेर मृत्यु भएको छ । वन्यजन्तुको बासस्थान क्षेत्रमाथिको अतिक्रमण, वन्यजन्तुको आहारामा कमी तथा मानिसमा जाग्ने बदलाको भावनाका कारण मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ ।

    पछिल्लो समय मध्यवर्ती क्षेत्र र संरक्षित क्षेत्र वरपर बढ्दो जनघनत्व एवं अव्यवस्थित भू–उपयोगका कारण वन्यजन्तुको बासस्थानमा भएको क्षयीकरण एवं सङ्कुचनले गर्दा वन्यजन्तु आफ्नो बासस्थान छाडी गाउँ बस्तीमा पस्ने गरेको देखिएको छ । यसबाट वन्यजन्तुका अतिरिक्त संरक्षित क्षेत्र वरपर बसोबास गर्ने समुदायको घर, खेत र कृषि बाली नोक्सानी हुनुका साथै मानवीय क्षतिमा समेत वृद्धि हुँदै गएको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी विष्णु थपलियाले बताउनुभयो ।

    बाँके राष्ट्रिय निकुञ्जका वन्यजन्तुको आक्रमणबाट आर्थिक वर्ष २०७५/७६ मा ४१८ घरधुरीमा क्षति पुगेको तथ्याङ्क छ । उनीहरूलाई क्षतिपूर्तिवापत निकुञ्जले ६० लाख ९३ हजार ४२ रुपैयाँ उपलब्ध गराएको छ । आर्थिक वर्ष २०७४/७५ मा बाँके निकुञ्जका वन्यजन्तुले ३०५ घरधुरीमा क्षति पुर्याएका थिए । उक्त आवमा वन्यजन्तुपीडितलाई १४ लाख २८ हजार ७२ रुपैयाँ वितरण गरिएको निकुञ्जले जनाएको छ ।

    बाँके राष्ट्रिय निकुञ्जमा आव २०७५÷७६ मा सडकमा सवारी साधनको ठक्करबाट ४५ वन्यजन्तु मारिएका छन् । निकुञ्जमा आव २०७४/७५ मा सवारी साधनको ठक्करबाट ७२ वन्यजन्तु मरेका थिए भने आव २०७३/७४ मा सवारी साधनको ठक्करबाट ८३ वन्जन्तु मरेका थिए । आव २०७५/७६ मा राष्ट्रिय निकुञ्जले ४३१ वन्यजन्तुको उद्धार गरेको छ । आव २०७४/७५ मा ११ वन्यजन्तुको उद्धार गरेको निकुञ्जले जनाएको छ ।

    मानव बस्तीमै पुगेर बाघले आक्रमण गर्न थालेपछि मानव वन्यजन्तु द्वन्द्वको खतरा बढेको पर्यटन व्यवसायी कृष्ण चौधरीको भनाइ छ । सरकारी तथ्याङ्कअनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ र बाँके राष्ट्रिय निकुञ्ज २१ पाटेबाघ छन् ।

    देशमै बाघको संरक्षणमा लागेको सरकार र स्थानीयवासीको सक्रियताले बाघको सङ्ख्या बढे पनि आहाराको कमीले मानव बस्तीमा पुगेर वन्यजन्तुको आक्रमण र मानव–वन्यजन्तुबीच हुने द्वन्द्व न्यूनीकरण गर्न सरोकारवालाहरू गम्भीर भएर लाग्नुपर्ने स्थानीयवासीको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.