सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माडीको रातमाटेमा कवि पाठकको ‘मरुभूमिमा वासन्ती याम’ लोकार्पण


  •    न्युजभित्तो/१६ भाद्र २०८१, आईतवार ११:११ 
  • माडी (चितवन), १६ भदौ । कवि विपिन पाठकको पहिलो कविता संग्रह ‘मरूभूमिमा वासन्ती याम’ लोकार्पण गरिएको छ । माडी नगरपालिकाको पर्यटकीय स्थल रातमाटे डाँडामा एक कार्यक्रमको आयोजना गरी कविता संग्रहको लोकार्पण गरिएको हो।

    चितवन, मकवानपुर र नवलपरासीका साहित्यकार तथा प्राज्ञिक व्यक्तिहरुको उपस्थितिमा शुक्रबार साँझ गरिएको कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतो, कवि पाठकका बाबुआमा बालकृष्ण पाठक, पार्वती पाठक, कवि भूपिनलगायतले संयुक्त रुपमा कविता संग्रह लोकार्पण गर्नुभयो ।

    माडी साहित्य परिवारको आयोजनामा गरिएको कार्यक्रममा कवि पाठकको व्यक्तित्व एवं कृतिबारे डा. धनेश्वर भट्टराईले चर्चा गर्नुभएको थियो भने प्रेम रिमाल, रामप्रसाद न्यौपाने, प्रकाश चापागाईं, पुरुषोत्तम आचार्यलगायतले पुस्तकका बारेमा चर्चा गर्नुभएको थियो ।

    कवितामार्फत समाजमा चेतना तथा परिवर्तनका केही सन्देश दिने प्रयास गरेको कवि पाठकले सो अवसरमा बताउनुभयो । कवि पाठकले कवितामा समाजका सामान्य कुरा समेटिएको भन्दै सीमान्तकृतको आवाज, असमानताप्रतिको विद्रोह, कर्मीवर्गप्रतिको विशेष प्रेम, राजनीतिक विचलन, सुशासनका लागि खबरदारी, प्रकृति र वातावरण संरक्षणलगायतका विषय कवितामार्फत समेटेको बताउनुभयो । सामाजिक तथा समाज रुपान्तरणसम्बन्धी ४० वटा कविता समेटिएको संग्रहको प्रकाशन इन्डिगो इन्क प्रालि काठमाडौंले गरेको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.